मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

टेरो कार्डअनुसार सन् २०१८ को राशिफल
  • मार्गरेखा संवाददाता

  • मेष

    कार्यक्षेत्र : यो वर्ष ऊर्जा र संकल्पले भरिपूर्ण रहनेछ । कर्मक्षेत्रमा गरिएको निर्णयले राम्रा समाचार दिइरहनेछन् । आयमा वृद्धि भैरहनेछ । आर्थिक क्षेत्रमा बलियो उपस्थिति जनाउने आधार तयार हुनेछ, जसले तपाईंको भविष्यलाई सुरक्षित बनाउनेछ ।

    प्रेम : जीवनसाथीसँगको सम्बन्धमा बढी समर्पण र समयको आवश्यकता देखिन्छ । कसैको मन जित्न सफल भए पनि त्यही कारणले तपाईंको कर्मक्षेत्रमा बाधा उत्पन्न हुन सक्छ, तसर्थ प्रेमसम्बन्धमा चनाखो रहनुहोला ।

    स्वास्थ्य : वर्षको पहिलो २ महिना स्वास्थ्य कमजोर रहला । अत्यधिक मेहनतले रक्तचाप र मधुमेहको समस्या निम्तिन सक्छ । अस्पताल धाइरहनुपर्ने अवस्था सिर्जना हुनसक्छ । योग एवं व्यायाममा जोडदिनुहोला ।

    वृष

    कार्यक्षेत्र : नोकरी तथा कर्मक्षेत्रमा तपाईंको आक्रामक स्वभावले नकारात्मक प्रतिक्रिया निम्त्याउन सक्छ जसले तपाईंका पदोन्नतिलाई समेत प्रभावित तुल्याउन सक्छ । कर्मक्षेत्रमा सफलताका लागि शान्त स्वभाव एवं कठोर मेहनत आवश्यक छ ।

    प्रेम : दाम्पत्य जीवन सुखदायी रहनेछ । श्रीमती वा प्रेमिकासँग मधुर अन्तरंग सम्बन्धका लागि बेला–बेलामा गरिने छोटो भ्रमणले फाइदा पुर्‍याउनेछ ।

    स्वास्थ्य : यो वर्ष शारीरिक दृष्टिले त्यति राम्रो देखिँदैन । खानपान एवं व्यायाममा ध्यान दिनुहोला । शरीरलाई क्रियाशील राख्नुभयो भने त्यसले लाभ नै पुर्‍याउनेछ । वर्षभरि नै साना–तिना संक्रमणले सताइरहनेछ । विशेषगरी चिसोबाट जोगिनुहोला ।

    मिथुन

    कार्यक्षेत्र : आफूमा अन्तर्निहित अभिव्यक्ति कलाले यो वर्षभरि नै तपाईंलाई प्रतिस्पर्धाविहीन बनाउनेछ तैपनि बोल्दा शब्दको चयनमा ध्यान पुर्‍याउनु होला । कामकाजको सिलसिलामा घरबाहिर बस्नुपर्ने स्थिति सिर्जना हुनसक्छ ।

    प्रेम : धेरैजसो समय घरबाहिर रहनुपर्ने परिस्थिति सिर्जना हुँदा श्रीमती वा प्रेमिकासँग मनमुटाव भैरहने देखिन्छ । समयमै त्यसको निराकरण होला ।

    स्वास्थ्य : यो वर्ष आफ्नो शरीरको विशेष ख्याल राख्नुपर्ने देखिन्छ । लापरवाही गरेको अवस्थामा पुराना स्वास्थ्य समस्या बल्झिन सक्छन् । पेटसम्बन्धी विकार, मधुमेह एवं रक्तचापले समस्या सिर्जना गर्न सक्छ ।

    कर्कट

    कार्यक्षेत्र : कर्कंट राशिका स्वामीहरू यो वर्षैभरि उत्साहले भरिपूर्ण रहनेछन् । नेतृत्व गर्न लालायित रहनुहोला जसले तपाईंको प्रतिष्ठामा वृद्धि गर्नुका साथै कर्मक्षेत्रमा सम्मानसमेत प्रदान गर्नेछ ।

    प्रेम : दाम्पत्य जीवनमा सानातिना खटपट भैरहनेछ । अविवाहितको हकमा प्रेम सम्बन्ध भंग हुनसक्छ । केही विवाद सिर्जना भए नजिकको नातेदार वा साथीबाट मध्यस्थता गराउनु लाभदायक हुनेछ ।

    स्वास्थ्य : स्वास्थ्यको दृष्टिले यो वर्ष मध्यम रहनेछ । लापरबाहीले स्वास्थ्यलाई संकटमा पार्न सक्छ । यो वर्ष संक्रामक रोगहरूको चपेटामा पर्ने सम्भावना पनि त्यति नै बलियो छ । आफ्नो दैनिकीलाई व्यवस्थित एवं सुनियोजित राख्नुहोला ।

    सिंह

    कार्यक्षेत्र : कर्मले तपाईंलाई सफलताको मार्गमा लानेछ । अवसरहरू आएका छन् त्यसलाई छोप्न जति व्यग्रता देखाउनुहुन्छ त्यति नै सुरक्षित भविष्यतर्फ लम्कनु हुनेछ । उधारो कारोबारबाट सचेत रहनुहोला ।

    प्रेम : प्रियजनसँगको सम्बन्धलाई तरोताजा राख्न निरन्तर प्रयत्न गर्नुपर्नेछ । सम्बन्धमा देखापर्ने सानो खटपटले पनि तपाईंको मन दुखाउनेछ । सामाजिक क्षेत्रमा श्रीमती वा प्रेमिकालाई प्राप्त हुने प्रशंसाप्रति चित्त नदुखाएकै बेस हुन्छ ।

    स्वास्थ्य : आफ्नो भन्दा श्रीमतीको स्वास्थ्यका कारण तनावबाट गुज्रनुपर्नेछ । भाइबहिनीको स्वास्थ्य बिग्रँदा पनि तपाईंको चिन्ता बढ्नेछ । तनाव र चिन्ताबाट जोगिन योग एवं व्यायाममा जोड दिनुहोला ।

    कन्या

    कार्यक्षेत्र : यो वर्ष उपलब्धिको वर्ष हुनेछ । तपाईंको कामबाट माथिल्लो पदमा रहेकाहरू खुसी रहनेछन् । पदोन्नति वा राम्रो तलब प्याकेजको प्रस्ताव प्राप्त हुनसक्छ । व्यापार–व्यवसायमा नयाँ प्रविधिले सफलता दिलाउनेछ ।

    प्रेम : जीवनसाथीसँगको सम्बन्धमा आलस्यताले संकट निम्त्याउन सक्छ । शरीरले पनि थप ऊर्जा माग्न सक्छ । कामवासनाबाट टाढा रहने तपाईंको प्रयासको नकारात्मक प्रभाव देखिनेछ । त्यसैले सम्भव भएसम्म प्रेममा आलस्यता नदेखाउनु होला ।

    स्वास्थ्य : यो वर्ष शरीरमा देखिने पानीको कमीले केही नयाँ रोगको सामना गर्नुपर्ने हुनसक्छ । रक्तविकारसम्बन्धी रोगलाई समयमै पहिचान गर्न सकियो भने दीर्घकालमा रक्तचाप तथा मधुमेहबाट जोगिन सकिनेछ ।

    तुला

    कार्यक्षेत्र : पूरै वर्ष ऊर्जावान् देखिनुहुनेछ । जसले तपाईंका लागि नयाँ र राम्रा अवसर सिर्जना गर्नेछ । आफ्ना कार्ययोजनालाई सम्बन्धित पक्षले सकारात्मक रूपमा ग्रहण गरिदिँदा तपाईंको ठाँट र फुर्ति निकै बढ्नेछ ।

    प्रेम : व्यवहारमा देखिने आक्रमकताले तपाईंको प्रेम सम्बन्धलाई जटिल बनाउनेछ । क्रोधलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुहोला । यसो भयो भने प्रेम सम्बन्धका बेला देखिने तपाईंको आक्रामकतालाई विपरीत लिंगीले सकारात्मक रूपमा लिनेछन् ।

    स्वास्थ्य : वर्षको पहिलो तीन महिना स्वास्थ्यका दृष्टिले हानिकारक देखिन्छ जसको प्रमुख कारण तपाईंको आलस्यता नै हुनेछ । प्रभात भ्रमण एवं व्यायाममा विशेष जोड दिनुका साथै खानपानमा समेत ध्यान पुर्‍याउनुहोला ।

    वृश्चिक

    कार्यक्षेत्र : यो वर्ष तपाईंसमक्ष चुनौतिको पहाड तेर्सिएको छ । कर्मक्षेत्र परिवर्तन हुने कुराले ठूलै तनाव दिनेछ । जति मेहनत गरे पनि जस अरूले पाउनेछन् । त्यसैले कार्यालय वा व्यवसायिक क्षेत्रमा बोलीमा नियन्त्रण राख्नु होला ।

    प्रेम : वैवाहिक जीवन सामान्य रहनेछ । श्रीमान््–श्रीमतीबीच देखिने स–साना मतभेदले प्रेम सम्बन्धलाई थप प्रगाढ बनाउनेछ । यद्यपि प्रेमी–प्रेमिकासँगको मतभेद भने घातक हुनसक्छ । यो वर्ष विवाहितहरूको तुलनामा अविवाहितहरू बढी चनाखो हुनुपर्ने देखिन्छ ।

    स्वास्थ्य : लामो समयपछि स्वास्थ्य राम्रो रहनेछ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भै सानातिना संक्रमण टाढै रहनेछन् । खानपानमा विशेष ध्यान पुर्‍याउनुहोला ।

    धनु

    कार्यक्षेत्र : तपाईंको संकल्पमा देखिने दृढताले यो वर्ष सफलताको शिखरमा पुर्‍याउनेछ । आर्थिक तथा सामाजिक सुरक्षाचक्र मजबुत रहनेछ । कर्मक्षेत्रले नयाँ उचाइ प्राप्त गर्नेछ । मे तथा जुन महिनातिर खर्चमा देखिने अस्वाभाविक वृद्धिले बचत घटाउला ।

    प्रेम : बोलीमा संयमित रहनुहोला । जतिसुकै सफल भए पनि प्रेम सम्बन्धमा श्रीमती वा प्रेमिकाको रुचि र इच्छालाई आफ्नो रुचि–इच्छाभन्दा माथि राख्नुहोला ।

    स्वास्थ्य : यो वर्ष शनिको बक्रदृष्टिका कारण स्वास्थ्यस्थिति तलमाथि भैरहनेछ । मे र जुन महिनासम्म स्वास्थ्यप्रति सजगता अपनाउनुभयो भने त्यसपछिको समयले उचित प्रतिफल दिनेछन् । खानपानमा चिल्लो र नुनिलो परहेज गर्नुहोला ।

    मकर

    कार्यक्षेत्र : कर्मक्षेत्रमा तपाईंका कुरा बढी सुनिनेछन् । सहकर्मीहरूसँग वादविवादबाट टाढा रहन सक्नुभयो भने तपाईंको सम्मानमा समेत वृद्धि हुनेछ । तपाईंको यही स्वभावले नयाँ योजनालाई फलिभूत गराउने जिम्मेवारीसमेत पाउनेछ ।

    प्रेम : वैवाहिक जीवनमा खुसी नै खुसी देखिन्छ । श्रीमतीसँगको न्यानो सम्बन्धले अन्यत्र आँखा डुलाउने फुर्सद दिनेछैन । अविवाहित हुनुहुन्छ भने तपाईंको मनोविज्ञानलाई बुझ्ने प्रेमिका फेला पर्न सक्ने सम्भावना पनि त्यति कै छ ।

    स्वास्थ्य : स्वास्थ्य स्थिति त्यति बलियो देखिँदैन । बेलाबखत सानातिना संक्रमणले सताइरहनेछ । खानपानमा सावधानी अपनाउनुहोला । सहरी क्षेत्रमा बसोबास गर्नुहुन्छ भने प्रदूषणजन्य वातावरणबाट जोगिनुहोला ।

     

    कुम्भ

    कार्यक्षेत्र : कर्मक्षेत्रमा तपाईंको निर्णयले भविष्यको खाका कोर्नेछ । धनआर्जनको तुलनामा प्रतिष्ठा आर्जनमा जोड दिनुभयो भने धन र प्रतिष्ठा दुवै प्राप्त हुनेछ । रोजगारीको सिलसिलामा परिवारबाट टाढा रहनुपर्ने हुनसक्छ ।

    प्रेम : तपाईंको वैवाहिक जीवन पं्रेम र स्नेहले भरिपूर्ण रहनेछ । वर्षको पहिलो दुई महिना श्रीमती वा प्रेमिकासँग सामान्य खटपट देखिए पनि बाँकी समय प्रेमपूर्ण रहनेछ । अविवाहितहरूले एकअर्काको केयर गर्न सक्नुपर्छ ।

    स्वास्थ्य : यो वर्ष तपाईंको स्वास्थ्यमा व्यापक सुधार आउनेछ । लामो समयदेखि दु:ख दिइरहेको पेट वा ग्यास्टिकसँग सम्बन्धित रोगबाट छुटकारा प्राप्त गर्न सकिनेछ । तैपनि रोगलाई पुन: बल्झन नदिन वर्षैभरि सतर्कता अपनाउनुहोला ।

    मीन

    कार्यक्षेत्र : आन्तरिक तथा बाह्य दुवै दृष्टिकोणले तपाईंमा रहेको संवेदनशीलताले कर्मक्षेत्रमा प्रतिष्ठा बढाउनेछ । मनमाफिक परिणाम प्राप्त गर्न कर्मक्षेत्रमा पूर्णरुपमा होमिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । तपाईंका हाकिमहरू तपाईंबाट शतप्रतिशत लाभ चाहन्छन् ।

    प्रेम : वैवाहिक जीवन उत्कृष्ट रहनेछ । जीवनसाथीबाट आफूले चाहेजस्तै सहयोग पाउनुहुनेछ । अक्टोबर महिनापछि श्रीमतीका केही व्यवहारले तपाईंलाई शंकालु बनाउनेछ जुन अस्थायी हुनेछ । शंका गर्ने आफ्नो व्यवहारमा नियन्त्रण गर्नुहोला ।

    स्वास्थ्य : कार्यक्षेत्रमा बढी खटिनुपर्दा तपाईंले स्वास्थ्यलाई पनि त्यति नै ध्या

  • १७ पुष २०७४, सोमबार ०९:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित