नेपालगन्ज पुुस १७ । नेपालगन्जको मुुटुु मानिने र ब्यापारिक केन्द्र रहेको त्रिभुुवन चौक देखि त्रिवेणी मोडसम्मको सडक निर्माण अन्यौलमा रहदाँ नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी शैलेन्द्र कुुमार वैश्यले सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नेपालको संविधान २०७२ को धारा २७ दफा ३ अनुसार नेपालगन्ज उपमहानगरपालिका कार्यालय र क्षेत्रीय शहरी विकास आयोजनाबाट त्रिभुुवन चौक देखि त्रिवेणी मोडसम्मको सदरलाइन सडक निर्माणको विषयमा सुुचना माग गरेका छन ।
त्रिभुुवन चौक देखि त्रिवेणी मोडसम्मको सडक निर्माणको नक्सा, अनुुमानित लागत, डिजाइनको प्रतिलिपी र सो आयोजनाको ठेक्का कसले पाएको छ?, कस्तो सामग्री प्रयोग गर्ने र सो आयोजना कहिले शुरु हुुने र कहिले सम्पन्न हुुने बारे सुचना माग गर्नुु भएको थियो । तर नेपालगन्ज उपमहानगरपालिका कार्यालय र क्षेत्रीय शहरी विकास आयोजनाले पूर्ण सूचना नदिई त्रिभुुवन चौक देखि त्रिवेणी मोडसम्ममा रहेका घरधनी, ब्यवसायी अन्योलमा परेको बताउनुु भयो । सो क्षेत्रका स्थानीय बासिन्दाहरु स्वइच्छाले आफना घर भत्काईसकेता पनि सडक निर्माण कार्य नहुुदाँ दोधारमा परेका छन् । नेपालगन्जका बासिन्दाहरु पनि सो क्षेत्रमा आवतजावतको लागि कठिनाई भईरहको अवस्था महसुुश गरिरहेका छन् ।