बर्दिया पौष १८ । चेतना र आर्थिक रुपमा समृद्धि नै महिला तथा बालवालिका बेचविखन रोक्न सकिने माध्याम भएको बर्दिया जिल्लाको बढैया गाउँपालिका मैनापोखरा मंगलबार भएको एक समापन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । माइती नेपालको आयोजनामा सञ्चालित आय आर्जनका लागि महिला तथा किशोरीहरुका लागि सिप मुलक तालिम कार्यक्रममा बोल्दै बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टराईले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा बर्दिया जिल्ला गुलरिया नगरपालिका उपप्रमुख शुशिला गिरीले माइती नेपालका गरेका हरेका कार्यक्रमहरु प्रशन्सनिय रहेको र महिलाहरुले सिकेका सिपहरुलाई समुह बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो । उपप्रमुख गिरीले नगरपालिकाबाट महिला तथा बालबालिकाको लागि छुट्एको बजेट सोही शिर्षकमा खर्च गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति वर्दियाका संयोजक शंकर प्रसाद थारुले महिलाहरु आर्थिक रुपमा सवल नहुदा बढि थिचोमिचो तथा हेपिएको हुदाँ महिलाहरुलाई शिप मुलक तालिमका साथै आर्थिक रुपमा अगाडि बढेर आय आर्जनको वाटोमा ल्याउनु पर्ने बताउनु भयो । विभिन्न चरण वद्धरुपमा गुडिया तथा व्युटिपार्लर तालिममा करिव ८१ ज्ना महिला तथा किशोरीहरुलाई तालिम दिइएको माइती नेपाल नेपालगंजका क्षैत्रिय संयोजक केशव कोइरालाले बताउनु भयो । संयोजक कोइरालाले तालिममा सहभागि महिलाहरुको आर्थिकरुपमा सवल बनाउनका लागि तालिमले मात्र नहुने हुदाँ केही सहभागिहरुको आर्थिक अवस्था हेरी आर्थिक सहयोग समेत गर्न सकिने बताउनु भयो । कार्यक्रममा सहभागि स्थानिय महिला चिनमाया पुनले तालिम प्राप्त गरी सके पछि आफु निकै खुशी भएको बताउनु भयो । यसै गरी अर्का एक सहभागि सिता न्यौपानेले आफुहरुले उत्पादन गरेको सामाग्रीले बजार पाउन नपाउने कुरामा शंका भएको बताउनु भयो । कार्यक्रममा ,महिला तथा बालवालिका कार्यलय बर्दियाका अधिकृत गिरा कुमारी बस्नेत, जिल्ला बर्दिया सहायता समिति संयोजक लक्ष्मी नेपाल ,नेपाल पत्रकार संघ बाकेका निवर्तमान अध्यक्ष रुद्ध सुवेदी ,संघका निर्वमान कोषाध्यक्ष विश्वराज पछलड्ङया, पे्रस चौतारीका केन्द्रिय सदस्य भेषराज वस्नेत ,नेपाल पर्यटन पत्रकार संघ बाके का सचिव मधु पौडेल, पत्रकार कुमार श्रेष्ठ , माइती नेपालका वर्दियाका संयोजक गायत्री रिमाल लगाएको उपस्थिति रहेको थियो ।