मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

के माछाले बालबालिकालाई चलाख बनाउँछ ?
  • मार्गरेखा संवाददाता

  • एउटा जनविश्वास छ, माछा भनेको दिमागी खाना हो, तर यो एउटा जनविश्वास मात्रै नभएर सत्य रहेको नयाँ अध्ययनले देखाएको छ । माछा नै नखाने भन्दा हप्तामा कम्तिमा पनि एक पटक माछा खाने बालबालिकाको बौद्धिक क्षमता पाँच गुणा बढि हुने नयाँ अध्ययनले पत्ता लगाएको हो । माछा खाने बालबालिकाको निद्रा पनि राम्रो हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

    फिलाडेल्फियाको युनिभर्सिटी अफ पेनसेभानिया स्कुल अफ नर्सिङकी प्रमुख अनुसन्धान कर्ता एवम् एसोसियट प्रोफेसर जियङहोङ लियूले सो अध्ययन गरेकी थिइन् । उक्त अध्ययन चिनिया बालकालिकामाथि गरिएको थियो ।

    ‘हामीले अमेरिकाको डाइटलाई परिर्वतन गरेर अझै परिस्कृत गर्न चहान्छौँ,’ उनले भनिन् । ‘यदि अभिभावक आफ्नो बालबालिका उच्चतम विकास चाहन्छन् भने तिनीहरुले हप्ताको एकदिन अनिवार्य उनीहरुलाई माछा खुवाउनु पर्दछ,’ उनले थपिन्, ‘त्यो भन्दा अरु केही भन्नु छैन ।’ उक्त अध्ययन नौ वर्षदेखि ११ वर्षबीचका ५ सय जना चिनियाँ बालबालिका गरिएको थियो ।

    माछामा प्रोटिन र ओमेगा–३ इसेन्टियल फ्याटि एसिडको राम्रो स्रोत रहेको न्युर्योक युनिभर्सिटी मेडिकल सेन्टरकी सिनियर क्लिनिकल नूट्रिसनिस्ट समान्था हेलरले बताइन् । उनका अनुसार दिमागसँग उक्त एसिडको सम्बन्ध अत्यान्तै घनिष्ट रहेको हुन्छ । तिनीहरु दिमाग, आँखा र बौद्धिक विकासका राम्रा स्रोत हुन् । उक्त एसिड आँखा, मुटु र दिमागी विकासका लागि अनिआवश्यक पर्ने हिलरले बताइन् ।

    स्वस्थ्यकर, सन्तुलित खाना, धेरै मात्रामा खेलकुद र थोरैमात्रमा टेलिभिजन अथवा कम्प्युटर प्रयोगले बालबालिकाको निद्रा राम्रो हुनुका साथै विद्यालयमा पनि राम्रो गर्न सक्ने हिलर भनाइ छ । उक्त अध्ययन डिसेम्बर २१मा साइनटिफिक रिपोर्टमा प्रकासित भएको थियो ।

  • १९ पुष २०७४, बुधबार १०:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित