पुष १९ बर्दिया/बर्दियाको मधुवन नगरपालिकाले ५७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ ।
सम्मानित नगर परिषदले परित महिला लक्षित कार्यक्रर्म अन्तरगत चार लाख खर्च गरी साइकल वितरण गर्नुभएको हो । सानोश्री स्वास्थ्य चोकी र तारातालस्वास्थ्य चोकी अन्तर्गतका ५७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो
सवारी साधनको अभावका कारण ग्रामीण बस्तीमा पुगेर स्वयंसेविकाहरूलाई स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन गाह्रो भएपछि साइकलको व्यवस्था गरिएको र सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन नसकेको भन्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने महिलाहरूलाई सम्मान स्बरुप यस नगरले साइकल बितरण गरेको नगर प्रमुख गणेश केसी कृष्णले बताए ।
साथै कार्यक्रमामा मधुवन नपा ६की महिला स्वास्थ्य स्वयंसेविका राधा शर्माले दिर्घसेबा गरेबापत सम्मान गदै बिदाई गरिएको मधुवन नगर स्वास्थ्य इकाई प्रमुख हरिहर सापकोटाले जानकारी दिएका छन ।