मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिकाले सुत्केरीलाई फलफूल वितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज पुष १९ गते – भेरी अञ्चल अष्पतालमा रहेका सुत्केरी महिलालाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका महिला स्वास्थ्य स्वयंसेवीकाले अष्पतालको प्रसुती गृहमा रहेका सुत्केरी महिलालाई आज दिउसो फलफूल वितरण गरेका हुन् । १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल महिला स्वास्थ्य स्वयंसेवीका संघ नेपालगञ्जको अगुवाईमा फलपूmल वितरण गरिएको हो । वेडमै पुगेर अनार, स्याउ, अण्डासहितको पोषण खानेकुरा ५५ सुत्ेकेरीलाई प्रदान गरिएको थियो । संघकी अध्यक्ष मन कुमारी सिलवाल, सचिव राधिका सिंह, महिला स्वास्थ्य स्वयंसेवीका अक्षय कोष संयोजक नारायाणी रुपाखेती, स्वयंसेवीका ज्योती श्रेष्ठ, शान्ति राणा लगायत वरिष्ठ नर्सहरुले फलफूल वितरण गर्नु भएको हो । स्वाथ्य चेतनासँगै स्वास्थ्य प्रवद्र्धन गर्ने उद्येश्यसहित फलफूल वितरण कार्यक्रम गरिएको संघकी अध्यक्ष सिलवालले जानकारी दिनु भयो । दिवस मंसीर १९ गते भएपनि प्रतिनीधी तथा प्रदेस सभाको निर्वाचनका कारण कार्यक्रम ढिलाई भएका हुन् । महिला स्वास्थ्य स्वयं सेवीको निस्वार्थ सेवाः स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नारासहहित यस अघि नै ¥याली, भेला र सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।

     

  • १९ पुष २०७४, बुधबार १७:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित