नेपालगन्ज पौष १९ । बाँके क्षेत्र नम्बर २ ( ख ) प्रदेशसभा सदस्य सुरेन्द्र हमालले खेलकुद क्षेत्रमा गरेको लगानी कै कारण प्रदेशसभा सदस्यमा आफु बिजयी भएको बताउनु भएको छ । बुधबार बाँके जिल्ला खेलकुद कर्मचारी संघद्वारा नेपालगन्जमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा ओलम्पीयन तथा भारोत्तोलन खेलका अन्तरराष्ट्रिय खेलाडी समेत रहनुभएका हमालले सो कुरा बताउनु भएको हो । खेलकुदले यहाँको सबै क्षेत्रमा आप्mनो पहिचान बनाएको बताउदै उहाँले त्यो नै जीतको आधार बनेको जीकिर गर्नुभयो । हमालले निर्बाचन प्रचार–प्रसारका क्रममा समेत खेलपोशाक ट्रयाकसुट लगाएर मतदाता समक्ष मत माग्न पुगेको भन्दै खेल क्षेत्रको बिकासको कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सभा सदस्य हमालले आगामी बर्ष नेपालगन्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन आफुले सक्दो सहयोग गर्ने बाँचा दिदैं सबैलाई सहकार्यका लागि अनुरोध गर्नुभयो । उहाँलाई आयोजक संघका अध्यक्ष दिपक गोसाई, मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष भीम ओली, उपाध्यक्ष नरेन्द्र थापा, ओलम्पियन एवम शुटिंग प्रशिक्षक पार्वती थापा, क्षेत्रीय निर्देशक जयन्त शर्मा, उपनिर्देशक बिक्रजंग थापा लगायतले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति बाँकेका अध्यक्ष आतंक बस्नेत, खेलकुदका क्षेत्रीय प्रमुख बिष्णु शर्मा, जिल्ला प्रमुख बिरोध जिसी, बिभिन्न संघका अध्यक्ष तथा प्रतिनिधी, प्रशिक्षक, खेलाडी तथा खेलकर्मीहरुको उपस्थिति रहेको थियो ।