मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

के हस्तमैथुनले स्वास्थ्यलाई हानी गर्छ ?
  • मार्गरेखा संवाददाता

  • सबैभन्दा पहिले हस्तमैथुनबारे जानौँ । हातले अथवा केही साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने विधि हो हस्तमैथुन । यसलाई यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि भन्न सकिन्छ ।

    पुरुषले आफ्नो लिङ्गलाई हातले बिस्तारै घर्षण गरेर र वीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको भगाङ्कुर खेलाएर आनन्द लिन्छन् । कसै कसैले विभिन्न किसिमका साधन वा कृतिम यौनाङ्गहरू प्रयोग गरेर पनि हस्तमैथुन गर्ने गर्दछन् । त्यसैले यसलाई एक सुरक्षित यौन व्यवहार हो भन्न सकिन्छ ।

    हस्तमैथुनका सम्बन्धमा हाम्रो समाजमा बिभिन्न भ्रमहरू रहेको पाइन्छ । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र स्खलन हुने आदि आदि । यी सबै कुराहरू भ्रमहरु हुन् । यिनमा कुनै सत्यता छैन । बरु हस्तमैथुनले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाई यौन अपराधलाई कम गर्नसमेत सहयोग पुग्छ ।

    त्यसैगरी हस्तमैथुनले अनावश्यक गर्भधारण, यौन–व्यवसायीसँगको यौन सम्बन्ध र यिनमा हुने खर्च तथा एचआइभी तथा अन्य यौन रोगहरू लाग्नबाट बच्न पनि मद्दत पुरयाउँदछ ।

    पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थिको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
    हस्तमैथुन गरेर बीर्य सकिंदैन र नगर्दा भण्डारण भएर बस्दैन । यो प्राकृतिक रुपमा शरीरमा बनिरहन्छ र स्खलन पनि भैरहन्छ/ नेपाली हेल्थबाट

  • २० पुष २०७४, बिहीबार १५:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित