अगैया(बाँके), पुस २१ । राप्तीसोनारी गाउपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकीमा औषधी पु¥याउन पहल थालिएको छ । गाउपालिकाको १ देखी ९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा औषधी पु¥याउन गाउपालिका कार्यालयले पहल थालेको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले औषधी खरिदका लागी टेन्डर प्रक्रियामा ढिलाई हुदा समयमा पु¥याउन नसक्दा केही स्वास्थ्य संस्थामा सामान्य रुपले समस्या उत्पन्न भएपनि चाडै समस्या समाधान गर्न पहल गरिएको बताउनुभयो ।
‘टेन्डर प्रक्रियाको कारणले गर्दा केही ढिलाई भयो, खरिद गरिएको औषधी आईसकेको छ, एक÷दुई दिनमा सबै ठाउँमा औषधी पु¥याउने तयारी भईरहेको छ,। उहाले भन्नुभयो । नेपाल सरकारले सुरुदेखी उपलब्ध गराउँदै आएको ३५ प्रकारको औषधी स्वास्थ्य चौकीमा वितरण गरिने जानकारी दिनुभयो ।
औषधी खरिदका लागी गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट १० लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकामा औषधी पु¥याउन टेण्डर प्रक्रियामार्फत दुई वटा फर्मले जिम्मा पाएको कार्यालयले जनाएको छ । सबै औषधी एकै पटक नआएको र औषधी एकैपटक वितरण गर्न खोज्दा केही स्वास्थ्य चौकीमा समस्या देखिएको गाउँपालिका अध्यक्ष थारुले प्रष्ट्याउनु भयो ।