रबि रोकाय
कोहलपुर बाँके पौष २२ । कोहलपुर नगरपालिकाले कोहलपुर नगर भित्रका उपभोक्ताहरुको हक हित संरक्षण गर्नेका लागी कोहलपुर नगरपालिका उपमेयर संन्जु कुमारी चौधरीको संयोजकत्वमा ७ सदस्य उपभोक्ता हित संरक्षण समिती शनिबार गठन गरेको छ ।
सदस्यमा आर्थिक बिकाश समितीको संयोजक कोहलपुर ईलाका प्रशासनको प्रमुख,उपभोक्ता हित संरक्षण मंचको अध्यक्षमा कोहलपुर उद्योग बाणिज्य संघको प्रतिनिधि रहेका छन भने अन्य सदस्यमा नागरिक समाजका प्रतिनिधी रहने कुरा जनाएको छ । सो समितीले उपभोक्ता हित संरक्षण मंचको कार्यबिधी तयार पार्नका लागी उपभोक्ता हित संरक्षण मंच बाँके का अधिवक्ता बसन्त गौतमको संयोजकत्वमा ५ सदस्य समिती गठन गरको छ । समितीका सदस्यमा प्रेमराज सुबेदी कोहलपुर उद्योग बाणिज्य संघ, डिल बहादुर परियार कोहलपुर नगरपालिका,बिक्रम शाही बहादुर शाही,सदस्य सचिवमा हरि बहादुर वली रहेका छन ।