शरद रेग्मी्
दाङ २२ षौष
तुलसीपुर नगरजेसीजको छैठौ पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । जेसीजका सन २०१७ का अध्यक्ष विमल पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको प्रमुख आतिथ्य एव नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विजय घिमीरे को विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सन् २०१८ का अध्यक्ष दिपेश भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरीएको थियो । तुलसीपुरनगर जेसीजको कार्यकारी उपाध्यक्षमा मानबहादुर बस्नेत, विमल वली, उपाध्यक्षमा सरद देकोटा, सन्दीप भुसाल, शिसिर भण्डारी सन्तोष ढकाल चयन भएका छन् । त्यसैगरी महासचिवमा नारायण भट्टराई, कोषाध्यक्षमा समिर न्यौपाने, सचिवमा बुद्धिराज सापकोटा, कानुनिसल्लाहकारमा भोजराज न्यौपानेलगायतका चयन भएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले थोरै समयमा तुलसीपुर नगरजेसीजले समाजरुपान्तरणमा खेलेका भूमिकाको अतुल्नीय रहेको बताएका थिए । प्रमुख अतिथि उपमयेर माया आचार्यले जेसीजले तुलसीपुर क्षेत्रमा हुने हरेक क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै आगामि दिनमा पनि जेसीजको भूमिका अग्रणी हुनुपर्ने बताइन् । युवाहरुको नेतृत्व र व्यक्ति विकाश गदै जेसीजले समाजमा हुने हरेक कार्यक्रममा खेल्दै आएको भूमिका अग्रणी भएको सहभागीहरुको भनाई रहेको थियो । सो अवसरमा जेसीजले विभिन्न क्षेत्रमा योग्दान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको थियो । सो अवसरमा शिक्षा क्षेत्रमा योग्दान पु¥याएका व्यक्तहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ज्ञानज्योति कलेजका सिइओ सुरेन्द्र जिसी, स्वास्थ्य क्षेत्रमा तुलसी बालअस्पतालका डा. किशोर खत्री, ग्रीन क्लिन तुलसीपुरका अभियान्ता विमल रिजाल, खेलकुदको क्षेत्रमा योग्दान गर्ने सुसिल श्रेष्ठ, जेसीजको उत्कृष्ट पुरस्कार दामोदर भण्डारी, मोहन स्वर्णकार, केशव केसी र बसन्त भण्डारीलाई सम्मान गरीएको थियो । कार्यक्रम संयोजक सुरज भण्डारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सन् २०१७ का महासचिव दिपेश भण्डारीले गरेका थिए ।