कमल बहादुर शाही/ नेपालगन्ज,पुस २२ – पुस १३ गतेदेखि नेपालगन्जमा रहेका पुर्ब राजा ज्ञानेन्द्र शाहले शनिबार बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । पुर्बराजा शाह पुस १३ गते पत्नि कोमल, बुहारी हिमानीसहित नेपालगन्ज आईपुगेका हुन् । नेपालगन्जको सोल्टी होटलमा बसोबास गरिरहेका पुर्ब राजा शाहले यसबीचमा बर्दिया, कैलाली र दाङको समेत भ्रमण गरिसकेका छन् । नेपालगन्जमा लामो समय बसेपनि होटलबाहिर भएको पुर्ब राजाको यो पहिलो कार्यक्रम हो । यसअघि केही दिनअघि पुर्ब राजाले निजी सवारी साधनबाटै नेपागन्ज घुमेका थिए ।
पुर्ब राजा ज्ञानेन्द्र शाह करिब दुईसाता लामो भ्रमणका लागि अघिल्लो बिहिवार नेपालगन्ज आईपुगेका हुन् । पुर्ब राजासँगै आएकी बुहारी हिमानी भने राजधानी फिर्ता भईसकेकी छन् । पुर्ब राजा ज्ञानेन्द्र दिउसो बागेश्वरी मन्दिरमा पुग्दा उनका समर्थकले राजा आउ देश बचाऔं भन्दै चर्को नाराबाजी समेत गरेका थिए । नेपालगन्जमा रहदा पुर्ब राजाले अनौपचारिक भेटघाट समेत गरिसकेका छन् । यसअघि नै पुर्व राजाले बागेश्वरी मन्दिरको दर्श गर्ने सार्वजनिक भएपनि कुन दिन मन्दिर पुग्ने भन्ने एकिन भएको थिएन् ।