रबि रोकाय/ बाँके कोहलपुर पौष २२ । कोहलपुर नगर लाई सफा सुन्दर बनाउने अभियान लाई कोहलपुरको चप्परगौडी बजार सुधार समिती सक्रिय हुना थालेको छ । चप्परगौडी बजार सुधार समितीले शनिबार चप्परगौडी बजार क्षेत्रको सरसफाई कार्यक्रमको शुभारम्भ गदै कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले नगरका प्रत्येक नागरिक सरफाई अभियान सचेत भई अगाडी बढे कोहलपुर नगर निकट भबिष्यमा नेपाल कै सुन्दर सफा शहरको रुपमा पहिचान हुने बताए । सरसफाई चप्परगौडी बजार क्षेत्रको भिबिन्न क्षेत्रको स।ेरसफाई संगै सरसफाई बारे स्थानिय बासिन्दाहरु जानकारी गराईएको थियो । सरसफाई कार्यक्रममा कोहलपुर नगरपालिका वडा ११का अध्यक्ष कर्ण बहादुर थापा वडा नं १२का अध्यक्ष कृणा खडका क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख,स्थानिय बासिन्दा,व्यापारीहरुको सहभागीता रहेको थियो ।