मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतीय राजदूतको अस्वाभाविक दौडधूप, यस्तो छ भित्रि खेल
  • मार्गरेखा संवाददाता

  • काठमाडौं– नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको अस्वाभाविक दौडदूध देखिएको छ ।
    वाम गठबन्धन भत्काउने उद्देश्यले देशी तथा विदेशी शक्तिबाट चलखेल भइरहेको वाम गठबन्धनका नेताहरुले नै बताउँदै आएका बेला पुरीको दौडधूपले थप आशंका बढाएको हो ।

    प्रमुख दलका नेतालाई भेटेर दिल्ली
    पुरीले पुस ५ गते दिल्ली उड्नुअघि एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुटाछुट्टै भेटघाट गरेका थिए ।

    पुरी दिल्ली पुगेसँगै ६ गते साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए । सो फोनपछि राजनीति पेचिलो बन्दै गएको  एक वाम   नेताले बताए ।

    मोदीले तीन नेतालाई फोन गरेर के कुरा गरे भन्ने खुल्न सकेको छैन । मोदीको फोनपछि गठबन्धनका नेताद्वय ओली र प्रचण्डले सोही राती एक वजेसम्म बालकोटमा छलफल गरेका थिए ।

    मोदीको फोन पछि नै काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डलाई बोलाएर पाँच वर्षका लागि प्रधानमन्त्री बन्नका लागि ‘अफर’ विषय पनि बाहिर आएको थियो ।

    यही सेरोफेरोमा  आन्तरिक रुपमा दलहरु धु्रवीकरण गर्दै सत्ताको चलेखलमा लागेको बताइन्छ ।

    ओलीको उपेन्द्रसँग अर्थपूर्ण छलफल
    ओलीलाई भेटेर जब मन्जिभ सिंह पुरी दिल्ली उडे, त्यसपछि नै सप्तरीमा रहेका उपेन्द्रलाई बोलाएर ओलीले छलफल समेत गरेका थिए ।
    ओलीले उपेन्द्र यादवसँग बालकोटमा छलफल गरेपछि राजनीतिमा एकखालको तरङ्ग पैदा भयो । र, दिल्लीबाट फर्के लगतै राजदूत पुरी पुनः सक्रिय भएका थिए ।  पुरी सक्रिय भएपछि एमालेसँग नजिक हुन चाहेका मधेशी दलका नेताहरु पनि टाढिए र लोकतान्त्रिक गठबन्धनतिर ढल्किए ।

    यही क्रममा गठबन्धनमा समस्या भएको भन्नेसम्मको हल्ला फैलिएसँगै एमाले अध्यक्ष ओलीले चितवनमा रहेका प्रचण्डलाई फोन गरेर राजधानी फर्किन आग्रह गरेका थिए । प्रचण्डले उनको आग्रहलाई स्वीकार त गरे तर त्यही दिन फर्केनन् । ओलीले प्रचण्डलाई फोन गरेको तीन दिनपछि मात्र उनी काठमाडौ फर्के । पुस ११ गते फर्केका प्रचण्ड र ओलीबीच त्यही दिन भेटघाट हुने कुरा भनिएपनि १२ गतेमात्र  सम्भव भयो ।

    पछिल्लो समय पनि  ओली र प्रचण्डबीच निर्णायक वार्ता हुन सकिरहेको छैन । आजै ओली र प्रचण्डबीच भेटवार्ता हुने तय भएको भनिएपनि  त्यो सम्भव भएन । चितवनमा रहेका प्रचण्ड आज फर्किने तय भएको भनिएपनि  प्रतिकूल मौसमका कारण उतै रोकिएको उनका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बताए ।

    भारतीय राजदूतको सक्रियता किन ?
    भारतीय दूतावासका एक अधिकारीले रातोपाटीसँग भने, ‘शुरुमा भारतलाई लागेको थियो कि वाम गठबन्धन बन्छ, उसैले सरकार बनाउछ । तर पछि उनीहरुको बीचमा कुरा मिलेको छैन भनि थाहा पाएपछि राजदूत पुरी सक्रिय हुनुभएको हो । र त्यसमा काँग्रेसलाई पनि सक्रिय बनाइएको हो ।’
    उनको दौडधूप यतिसम्म देखिएको छ कि  कांग्रेस बैठक चलिरहेको बेला  पुस १४ गते एकाएक देउवा भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।  सो क्रममा कांग्रेसका अन्य शीर्ष नेतासमेत राखेर प्रधानमन्त्री देउवासँग पुरीले छलफल गरेको स्रोतको दाबी छ ।

    संयोग त्यही दिन ओली र प्रचण्डबीच पनि छलफल भयो । तर, छलफलबाट कुनै निष्कर्ष निस्केन । त्यसको एक दिनपछि प्रचण्ड र डा.बाबुराम भट्टराई बीच भेटघाट भयो । भेटघाटमा समसामयीक राजनीतिक अवस्थाको बारेमा मात्र कुरा भएको उनीहरुका सचिवालयले दावी गरेको छ ।

    त्यसको भोलीपल्टै काँग्रेसका नेता डा.अमरेशकुमार सिंह राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई लिएर खुमलटारस्थित प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए । जब कि त्यसअघि अध्यक्ष महतो र राजपा नेपालका संयोजक महन्थ ठाकुर लगायतका नेतासँग राजदूत पुरीले छुटाछुटै भेटघाट गरिसकेका थिए । भारतका निकट मानिएका सिंह महतोलाई लिएर प्रचण्ड निवास पुगेपछि राजनीतिकमा नयाँ तरङ्ग उत्पन्न भयो ।

    प्रचण्डसँग के कुराकानी भएको भन्ने जिज्ञासामा  महतो भन्छन्, ‘सरकार गठनको विषयमा होइन, मधेशको मुद्दाको विषयमा कुराकानी गर्न प्रचण्डलाई भेट्न गएको हो  । सरकार जसको बनोस् तर सविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’

    महतोले यस्तो बताएपनि मधेसी दलले लोकतान्त्रिक गठबन्धनलाई नै रुचाएको राजपाका एक शीर्ष नेताले बताए ।

    ती नेताले रातोपाटीसँग भने, ‘हामी जहिले लोकतान्त्रिक गठबन्धनको पक्षमा थियौं, त्यो गठबन्धनसँग हालसम्म हाम्रो सहकार्य हुँदै आएको छ । त्यसैले हाम्रो चाहना भनेको लोकतान्त्रिक गठबन्धनकै सरकार बनोस् भन्ने हो र यसका लागि भित्रभित्रै गृहकार्य पनि भइरहेको छ ।’

    पुस २० गते बालुवाटारमा भएको सर्वदलीय बैठकपछि प्रधानमन्त्री देउवाले मधेशवादी दलका नेताहरुसँग छुट्टै छलफल गर्नुको कारण पनि यही भएको उनको भनाई छ ।
    सो लोकतान्त्रिक गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुनुको साथै राष्ट्रियसभाको चुनाव र प्रदेश प्रमुख नियुक्तिमा एमालेले गरेको अवरोधको बारेमा पनि कुराकानी भएको थियो ।
    भारतीय दूत सुटुक्क नेपाल आएर फर्किए
    शुक्रबार मात्रै राजपा अध्यक्ष मण्डलका नेताहरुले भारतीय विदेश मन्त्रालयमा नर्थ डेक्स हेर्ने सुधाकर दलेलसँग भेट गरेका छन् । उनी केहि दिन पहिला नेपाल आएको बताइएको छ ।

    सुधाकर दलेलसँग राजपा नेताहरुको  एकघण्टा छलफल भएको बताइएको छ । यसविषयमा महन्थ ठाकुरका सहयोगी सत्येन्द्र मिश्रसँग बुझ्दा गोप्य छलफल भएको भन्दै थप खुलाउन चाहेनन् ।

    दलेलले काँग्रेस, माओवादी र एमालेका नेताहरुलाई पनि भेटेको बताइएको  छ ।  उनी  आजै दिल्ली फर्केका छन् । रातोपाटीबाट

  • २३ पुष २०७४, आईतवार ०७:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित