मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज नगरका १२३ जना जेष्ठ नागरिक हरुलाई कम्बल बितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पौष २३ । नेपालगञ्ज उपमहानगरपालिका वडा न २२ पुरैनीमा जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको छ । एक हप्तादेखि जारी अत्याधिक चिसोबाट बृद्धबृद्धाहरुलाई जोगाउन यूनीसेफ र नेपालगञ्ज उपमहानगरपालिकाले संयुक्त रुपमा कम्वल वितरण गरेका हुन् । लोपोन्मुख समुदायका किंगरियनहरुलाई लक्षित गरेर वडा न २२ मा एक सय २३ जना जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको हो । पुरैनीको कार्यलयमै पुगेर उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा, उपप्रमुख उमा थापामगरले जेष्ठ नागरिकलाई कम्वल प्रदान गर्नु भएको हो । वडा न २२ को समन्वयमा जाडोमा वृद्ध वृद्धालाई न्यानो गराउन कम्बल बितरण गरिएको वडा अध्यक्ष विद्याराम बर्माले जानकारी दिनु भयो । उपमहानगरपालिकाका प्रमुख डा राणाले चिसोमा कम्वल वितरण गरेर जेष्ठ नागरिकलाई राहतसँगै सम्मान पनि गरिएको बताउनु भयो । प्रमुख राणाले नगरका सवै जेष्ठ नागरिकलाई कम्वल वितरण गर्न नसकिएको स्वीकार्दै पहल भने जारी रहने स्पष्ट पार्नु भयो । वडा न २२ का अध्यक्ष वर्माको सभाअध्यक्षतामा भएको कार्यक्रममा युनिसेफका तर्फबाट प्रोग्राम प्लानिङ अफिसर राजेश सारुमगरले बोल्नु भएको थियो ।

  • २३ पुष २०७४, आईतवार १७:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित