मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पुर्व राजा ज्ञानेन्द्र शाह भारतको उत्तर प्रदेशको राजधानी लखनउ किन गए
  • मार्गरेखा संवाददाता

  • पूर्व राजा ज्ञानेन्द्रले भारतीय राज्य उत्तर प्रदेशको लखनउ पुगेका छन्। पूर्व राजाको लखनउ भ्रमण व्यापारिक तथा धार्मिक प्रयोजनका लागि हुने स्रोतहरुले बताएका छन्।

    नेपालगञ्जस्थित सोल्टी होटलका लगानीकर्ता समेत रहेका पूर्वराजाले लखनउ बसार्इंका क्रममा होटलका ग्राहक बृद्धिका लागि ब्यापारी लगायतसँग छलफल गर्नेछन्।

    त्यसबाहेक लखनउमा रहेका धार्मिक पीठहरुमा पूजाआजापनि गर्नेछन्। उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा लगायत छन्।

    १३ पुषमा मध्य तथा सुदुर पश्चिमको भ्रमणका लागि नेपालगञ्ज पुगेका पूर्व राजा नेपालगञ्जबाटै भारतीय शहर नेपालगञ्ज पुगेका हुन्।

    उत्तर प्रदेशमा हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) को सरकार छ र मुख्यमन्त्रीमा गोरखनाथ पीठका पीठाधीस आदित्यनाथ छन्।

    मुख्यमन्त्री आदित्यनाथसँग उनको भेट हुन्छ वा हुँदैन, त्यो बताइएको छैन।

  • २३ पुष २०७४, आईतवार १९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित