मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय कबड्डी प्रतियोगिता आजबाट बर्दियाको भुरिगाँउमा
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य
    बर्दिया, ठाकुरबाबा, २४ पौष
    एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कम कबड्डी प्रतियोगिता सोमवारबाट बर्दियाको भुरिगाँउमा सुरु हुने भएको छ ।
    अखिल नेपाल कबड्डी संघको आयोजनामा यही पौष २४ गते देखि २७ गते सम्म राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कम कबड्डी प्रतियोगिता बर्दियामा पहिलो पटक सुरु हुने भएकोहो ।
    अखिल नेपाल कबड्डी संघले बर्दियाको ठाकुरबाबा नगरपालिका बडा नं १ स्थित भुरिगाउँको सिंहबाहिनी मैदानमा प्रतियोगिता हुने जनाएको छ । संचारकर्मीहरु संगको कुराकानीमा राष्ट्रिय कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले वताईन् । बर्दियाको भुरिगाउँमा सोमबार देखि संचालन हुने २२ औं पुरुष तथा १७ औं महिला राष्ट्रिय कबड्डी प्रतियोगीतामा पुरुष र महिलाको ८÷८ वटा समूहका १ सय ९२ जना खेलाडी र १६ जना प्रशिक्षक सहभागी हुने वताईएको छ । प्रतियोगीताको खर्च २९ लाख अनुमान गरिएको छ । यस प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट १६ लाख रकम प्राप्त गरिएको समेत अध्यक्ष थापाले जानकारी गराएकी छन् ।
    ५ विकास क्षेत्रका ५ वटा टिम, र विभागिय टोली नेपाली प्रहरी, सशस्त्र प्रहरी र नेपाली शेनाको एक एक वटा टिम गरी महिला र पुरुषको ८÷८ वटा टिम सहभागी हुनेछन् । प्रतियोगिता भर जम्मा २७ वटा प्रतिर्शपर्धा हुने र उक्त खेलमा सहभागी खेलाडीबाट आगामी अगष्टमा इण्डोनेशियामा हुने एसियन खेलका लागि खेलाडी छनौट समेत गरिने अखिल नेपाल कबड्डी संघका महासचिव बिनोद प्रजापतिले बताए ।

     

  • २४ पुष २०७४, सोमबार ०९:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित