मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालका तीन नोट र एक सिक्का संसारकै उत्कृष्ट सूचीमा कतिका नोट र डलर हुन
  • मार्गरेखा संवाददाता

  •  

    काठमाडौँ/     तपाईँलाई नेपाली पैसाको नोट कस्तो लाग्छ ? पत्याउनुहुन्छ नेपालका तीन ओटा नोट तथा एउटा सिक्का संसारकै उतकृष्ट नोटको सुचीमा परेको छ । बिश्व प्रसिद्ध अन्तरष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपाली १ रुपैयाँ ५ रुपैयाँ र ५ सय रपैयाँ सहित २ रुपैयाँके सिक्कालाई संसारकै उत्कृष्ट करेन्सकिो सूचीमा राखेको हो । संसारका बिभिन्न २१ पैसामध्ये नेपाली ३ नोट र १ सिक्का पनि सूचीमा परेको हो ।
    टेलिग्राफले नेपाली पैसा ‘मोष्ट ब्युटिफुल करेन्सीज’मा समेटिनुको कारणमा पैसाको अनौठोपन र पैसामा जनावरको तस्वीर राखिनुलाई उल्लेख गरेको छ ।

    न्युजील्याण्डको ५ डलरको नोट, काजकिस्तानको १००० टेन्गे नोट, स्वीट्जरल्याण्डको ५० फ्रान्क नोट, अष्ट्रेलियाको नयाँ ५ डलरको नोट, माल्दिभ्सको १००० रुफियाना नोट, बर्माको १ क्याट नोट, बर्मुडाको २ डलरको नोट र केही अन्य देशका नोट पनि सूचीमा छन् । टेलिग्राफको उक्त सूचीमा चेक रिपब्लिक, मेक्सिको, इजिप्ट, नामिबिया, सामोआ, युगाण्डा, ट्रिनिडाड एण्ड टोबागोको पैसा पनि रहेका छन् । गत वर्ष भने टेलिग्राफले १५ ओटा करेन्सी मात्र उत्कृष् छानेको थियो ।

  • २४ पुष २०७४, सोमबार ०९:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित