मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महिना जन्मबारबाट तपाईको स्वभाव,धनसम्पति र भबिष्य भाग्य थाहापाउनु होस
  • मार्गरेखा संवाददाता

  • १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
    २. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
    ३. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।
    ४. चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् ।
    ५. अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन् ।
    ६. पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् ।
    ७. कनै पनि कुरामा सम्झौता गर्दैनन् ।
    ८. सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।
    ९. अाइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
    १०.आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु छोड्न चाहन्नन् ।

    सोमबार

    १. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
    २. मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् ।
    ३. निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटाे निराश हुन्छन् ।
    ४. आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
    ५. सम्बन्धहरुले निकै महत्व राख्नेछ ।
    ६. पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् ।
    ७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र हेरचाहा गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
    ८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
    ९. आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र साेमबार जन्मने मान्छेकाे सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
    १०. हुन त सबैलाई सम्मान गर्छन् तर मुडी स्वभावले तनाव दिने गर्दछ ।

    मंगलबार

    १. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र क्रियाशील हुने गर्दछन् ।
    २. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
    ३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
    ४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
    ५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
    ६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन्, जसकारण आफ्नो बलबुतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
    ७. सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
    ८. यस्ता व्यक्तिहरुले सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
    ९. निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
    १०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
    ११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
    १२. एकाेहाेराे हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन्, तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

    बुधबार

    १. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र विजनेश माइन्डका हुने गर्दछन् ।
    २. जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।
    ३. यिनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।
    ४. नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
    ५. कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
    ६. कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुकाे जीवन निकै सन्तुष्ट हुन्छ ।
    ७. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।
    ८. धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
    ९. कसैलाई पनि सजिलै माफी दिदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् ।
    १०. खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।
    ११. वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् ।
    १२. तीब्र बुद्धि हुने भएकाकारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

    बिहीबार

    १. बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
    २. मानिसहरुलाई निकै इज्जत गर्छन्, त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् ।
    ३. सफा र स्वच्छ विचारधाराका हुन्छन् ।
    ४. भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गर्छन्, त्यहाँको उच्च पद अवश्य हाँसिल गर्छन् ।
    ५. निकै मेहनत गर्छन् र आफ्ना सामान हरु अाफैले भनेकाे ठाउँमा हाेस् भन्ने चहान्छन् ।
    ६. स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहन्छन् ।
    ७. चाँडै नै मानिसहरुलाई विश्वास गर्छन् जसकाे प्रतिफल भोग्न पर्छ ।
    ८. धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
    ९. स्टेट फरवार्ड हुन्छन् र सुन्दरताको प्रिय हुन्छन् ।
    १०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुनेछ ।
    ११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन्, जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
    १२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

    शुक्रबार

    १. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
    २. धेरैजसो रचनात्मक क्षेत्रमा देखिन्छन् ।
    ३. संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
    ४. मधुर स्वरमा बाेल्छन् र मनमोहक मुस्कानका मालिक हुनेगर्छ ।
    ५. निकै भावुक हुन्छन् जसकाकारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
    ६. यदि पुरुष भए महिलाहरुमा र महिला भए पुरुषहरुमा लोकप्रिय हुन्छन् ।
    ७. आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
    ८. निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
    ९. रिस निकै कम आउँछ, तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
    १०. राम्रा गुणहरु नै यिनीहरुका लागि नराम्रो साबित हुन्छ ।
    ११. धनको कमी हुँदैन तर तपाईं त्यसलाई वचत गर्न सक्दैनन् ।
    १२. प्रत्येक कुराहरुमा सफलता निकै ढिलाे पाउँछन् तर जब पाउँछन् स्थायी रुपकाे हुन्छ, अर्को शब्दमा भन्नुपर्दा मेहनती र लगनशील हुन्छन् ।

    शनिबार

    १. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
    २. निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने हरेक कुरामा परफेक्ट हुन्छन् ।
    ३. हाइक्लास वस्तुहरु मनपराउँछन् । लगाउने लुगादेखि जुत्तासम्मले हाईक्लास पर्सनालिटी झल्काउँछ ।
    ४. हुन त सफा मनको हुन्छन् तर कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना पनि हुने गर्दछ ।
    ५. कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुने स्वभाव हुन्छ।
    ६. पैसावाला हुन्छन्, तर छिट्टै पैसा खर्च गर्दैनन् ।
    ७. संगीत र खेलमा रुची हुन्छ ।
    ८. रिस उठेपछि नराम्रो सँग उठ्छ, भने गलत कुराहरुलाई सहन सक्दैनन् ।
    ९. जिद्दि गर्छन् र आफूले भनेकोजस्तै हुनुपर्छ भन्ने विचार राख्छन् ।
    १०. कसैलाई पनि ठेस पुर्याउन चाहदैनन् ।
    ११. वैवाहिक जीवन सुखमय हुन्छ ।

    कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ? थाहा पाई राखौं…(भिडियो सहित)
    र्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ । अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्–

    बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

    जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।

    आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

    साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।

    भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।

    असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।

    कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।

    मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।

    पुष : पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।

    माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।

    फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।

    चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

  • २४ पुष २०७४, सोमबार १५:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित