मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खेलकुदले बालबालिकाको शारीरिक र मानसिक विकास हुने बाँके क्षेत्र नम्बर २ ख प्रदेशसभा सदस्य एवम् ओलम्पियन सुरेन्द्र हमाल
  • मार्गरेखा संवाददाता

  •  

    नेपाालगन्ज पौष २५ ।नेपालगन्जमा मंगलबारदेखि एचसीआरसी कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपालगन्जस्थित हेल्थ केयर एण्ड रिसर्च सेन्टरले आप्mनो स्थापना दिवशको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो । तीन दिनसम्म संचालन हुने प्रतियोगिताको बाँके क्षेत्र नम्बर २ ख प्रदेशसभा सदस्य एवम् ओलम्पियन सुरेन्द्र हमाल तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले ब्याडमिन्टन खेलेर उद्घाटन गरे । उद्घाटन खेलमा सीता वेलबासे र सेलिना थापाले प्रतियोगिता अन्तर्गत यु–१६ गल्र्सतर्फ विजयी सुरुआत गरेका छन । ज्ञानोदय विद्या निकेतनकी सीताले जयबागेश्वरी स्कुलकी सिमरन पुनलाई २१–१६, २१–१७ ले पराजित गरिन । अर्को खेलमा ज्ञानोदयकै सेलिनाले सेन्ट थोमसकी निसा थापालाई २१–८ २१–९ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाइन । पुरुष डबल्समा सुरेश चन्द र यामु खत्रीको जोडीले फैजान अन्सारी र नदिम अन्सारीलाई २१–१, २१– ८ ले टेकबहादुर खड्का र युवराज चौधरीको जोडीले सचिन चौधरी र विकास चौधरीको जोडीलाई २१–१२, २२–२० ले हरायो । गणेश कोइराला र युवराज थापाले राहुल गुप्ता र सुर्य मानन्धरलाई २१– १७, २१– १७, दिपक र दिनेशको जोडीले चन्दन सिह र महेश चौधरीलाई २१–६, २१–१७ ले हराउन सफल भयो । डा.कुमार शान शाह र बलराम शाहले गगां आर सी र नारायण भडेललाई २१–१६, २१–१३ ले निराश पारे । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सुरु भएको प्रतियोगितामा पाँच वटा इभेन्ट समावेश गरिएको छ । १ सय २६ खेलाडीले पुरुष डबल्स, यु–१३ र यु–१६ महिला पुरुष इभेन्टसमा प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा पुरुष डबल्समा नगद पुरस्कार राखिएको छ । पुरुष डबल्स विजेताले आधा तोला सुन, उपविजेता जोडीले १० हजार र सेमिफाइनल पुग्ने टिमले समान ५ हजार पाउने आयोजकले बतायो । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा बाँकेका ९ विद्यालयको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य हमालले खेलकुदले बालबालिकाको शारीरिक र मानसिक विकास सहयोग गर्ने बताए । उनले प्रतियोगिता आयोजना गरेकोमा एचसीआरसीलाई धन्यवाद दिदैं जुनियर स्तरको प्रतियोगिताबाटै भविष्यमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पदक जित्ने खेलाडी उत्पादन धारणा राखे । मेयर राणाले जुनियर खेलाडीलाई महत्व दिदा खेलकुद विकासमा प्रभाव पार्ने बताए ।खेलकुदमा निजी क्षेत्रको आकर्षण देखिनु नेपाली खेलकुदको लागी खुसी कुरा भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिती उपाध्यक्ष नरेन्द्र थापाले बताए । आयोजक एचसीआरसी बलराम शाहले पहिलो पटक गरेको प्रतियोगितामा खेलाडीको सहभागिताले हौसला जागेको बताए । उनले उद्घाटन समारोहमा बोल्दै भविष्यमा स्वस्थ नागरिक उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने विचार राखे । आयोजक संस्था एच सी आर सी ले हरेक बर्ष यस प्रतियोगितालाई निरन्तरता दिइने जानकारी दिदैं आगामी दिनमा यस प्रतियोगितालाई राष्ट्रिय स्तरमा आयोजना गर्ने जनाएको छ ।

  • २५ पुष २०७४, मंगलवार २०:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित