नेपालगन्ज पौष २६ । बेलायती सहयोग नियोगको (युके एड) ओइक्सएमार नेपाल र भेरी वातावरणय विशिष्ट समुह (बी गुप) बाँकेको सहकार्यमा बर्षाको समयमा पुर्ण रुपमा क्षति भएका नेपालगन्ज उपमहानगरपालिका वडा न. २० का प्रति घर परिवारलाई राहत स्वरुप कम्बल र नगद नेपालगन्ज उपमहानगरपालिकाले बितरण गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा न.२०को कार्यालयमा आयोजित राहत बितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापाले बर्षाको समयमा पुर्ण रुपमा क्षति भएका प्रतिपरिवारलाई राहत स्वरुप नगद ५ हजार रुपैयार,जाडोको लागी न्यानो ४ कम्बल थान,ट्रिपाल २ थान डोरी २,मेट्रेक्स र आवश्यक बन्दोबस्तिका समाग्रीहरु बितरण गरे ।