मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साझेदार गैर सरकारी संस्थाको क्षमता अभिबृद्धि कार्यशाला धनगढीमा
  • मार्गरेखा संवाददाता

  • सिराज खान
    धनगढी, पुस २६ गते । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठनशिप सुधारका लागि प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरिरहेका गैर सरकारी साझेदार संस्थाको क्षमता अभिबृद्धिका लागि धनगढीमा क्षमता अभिबृद्धि कार्यशालाको आयोजना गरिएको छ ।
    प्रदेश नम्बर ५ को बाँके र प्रदेश नम्बर ७ को कन्चनपुरमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरिरहेका गैर सरकारी संस्थाहरु बाँके युनेस्को क्लब र बेस कन्चनपुर संस्थाको क्षमता अभिबृद्धिका लागि सो तीन दिने कार्याशालाको आयोजना गरिएको हो ।
    प्रारम्भिक कक्षा पढाई कार्यक्रमको आयोजनामा संचालन गरिएको सो कार्यशालाको अनौपचारिक उदघाटन प्रारम्भिक कक्षा पढाई कार्यक्रमका मध्यपश्चिम क्षेत्रीय प्रमुख राम अचल यादव र सुदुरपश्चिम प्रमुख रामदास चौधरीलेले संयुक्त रुपमा गर्नुभयो ।
    कार्यशालामा साझेदार गैरसरकारी संस्थाका कार्यसमितिका पदाधिकारी र सदस्यहरु, कार्यक्रमका कर्मचारीहरु तथा प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय प्रमुख, फिल्ड संयोजक, फिल्ड अधिकृत, लेखा तथा बित्त बिशेषज्ञ तथा केन्द्रिय कार्यालयका वरिष्ठ कर्मचारीहरुको सहभागिता रहेको छ ।
    प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालनमा प्रत्यक्ष सहभागि हुनुभएका साझेदार संस्थाका कर्मचारीको क्षमता अभिबृद्धि गर्नुका साथै कार्यक्रमको बारेमा संस्थाका पदाधिकारी र सदस्यलाई बिस्तृत रुपमा जानकारी गराउने उदेशयले कार्यशालाको आयोजना गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रमका मध्य पश्चिम क्षेत्रीय प्रमुख राम अचल यादवले बताउनु भयो ।
    सो कार्यशालामा बाँके र कन्चनपुरमा रहेका साझेदार संस्थाले हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् भने अनुगमन र मूल्यांकन, बार्षिक कार्ययोजनाको समिक्षा, आगामी दिनका प्राथमिकता, लेखा तथा बित्त र अडिट सम्बन्धि जानकारी गराईएको र विहिबार संस्थाको क्षमता अभिबृद्धि गर्ने क्रियाक्लाप गरिने प्रमुख यादवले बताउनु भयो ।
    सो कार्यशालामा प्रारम्भिक कक्षा पढाई कार्यक्रमको केन्द्रिय कार्यालयका ग्रान्ट अफिसर कमल नेपाल, समुदाय परिचालक बिशेषज्ञ योगेन्द्र गन्धारी र प्रशासन तथा लेखा विभागका सहायक अर्जुन बिष्टले सहजीकरण गरिरहनु भएको छ । उहाँहरुलाई मध्य पश्चिम र सुदुरपश्चिम कार्यालयका प्रमुख लगायत फिल्डका अन्य वरिष्ठ कर्मचारीहरुले सहयोग गरिरहनु भएको छ ।
    कार्यशाला निकै उपयोगी र लाभदायक रहेको सहभागिहरुको भनाई छ । बाँके युनेस्को क्लबका उपाध्यक्ष पन्चम गुरुंगले कार्यशालाबाट धेरै कुरा सिक्न र जान्न पाईएको बताउनु भयो ।
    फोटो क्याप्सन

  • २६ पुष २०७४, बुधबार १५:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित