मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एचसीआरसी कप ब्याडमिन्टन प्रतियोगिताको फाईनल भोली हुने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पौष २६ । नेपालगन्जमा जारी एचसीआरसी कप ब्याडमिन्टन प्रतियोगिताको फाईनल समीकरण पुरा भएको छ । नेपालगन्जस्थित कबर्डहलमा संचालन भईरहेको प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न गल्र्स यु–१६ को सेमीफाईनल खेलमा सेन्ट थोमश स्कुलकी सुस्मिता पौडेललाई पराजित गर्दै वेस्टजोन स्कुलकी समिक्षा न्यौपाने फाईनलमा प्रवेश गरेकी छिन । सोहि ईभेन्टमा सेन्ट थोमसकी दुर्गा पुनलाई पराजित गर्दै ज्ञानोदय बिद्या निकेतनकी बिपना थापा फाईनलमा प्रवेश गरिन । गल्र्स यु–१३ तर्फ थोमशकी सुस्मिता पौडेलले ज्ञानोदयकी सेलिना पुनलाई र थोमशकी दुर्गा पुनलाई पराजित गर्दै ज्ञानोदय बिद्या निकेतनकी बिपना थापा फाईनलमा प्रवेश गरिन । ब्वाईज यु–१६ तर्फ थोमशका सफल थापाले थोमसकै संगम पुनलाई र थोमसका सचिन चौधरीले थोमस कै शिव सुनारलाई पराजित गर्दै फाईनलमा प्रवेश गरे । ब्वाईज यु–१३ तर्फ ज्ञानोदय बिद्या निकेतनका करण सिंहले राजेश बिसीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरे । सोहि ईभेन्टकोे फाईनल प्रवेशका लागि ब्राईटल्याण्डका बिद्या बोथरा र जयबागेश्वरी स्कुलका अभिशेष बीच बिहिबार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत पुरुष डबल्सको सेमिफाइनलमा इरफान अन्सारी र चक्र दामरापालको जोडीले दिपेश चौधरी र निराजन चौधरीलाई २१–१६, १८–२१, २१–७ ले हराए । अभय लाल श्रेष्ठ र अरुण गौतमले सरोज अन्सारी र कुमार उप्रेतीलाई २१–१५, २१–१३ ले, बिलाल वारसी र सफल थापाले नवराज जोसी र रवि सिग्देलको जोडीलाई २१–९, २१–१९ ले हराउन सफल भए । यसैगरी पुरुष डबल्सको अन्तिम सेमिफाइनलमा रियाज अन्सारी र राम प्रसाद भुषालले राम बहादुर शाही र डर बहादुर विष्टको जोडीलाई २१–८, २१–१२ ले सहजै पराजित गरे । एचसीआरसीले स्थापना दिवसको अवसरमा गरेको तिन दिने प्रतियोगितामा पाँच इभेन्ट समावेश गरिएको छ । १ सय २६ खेलाडीले पुरुष डबल्स, यु–१३ र यु–१६ महिला पुरुष इभेन्टसमा प्रतिस्पर्धा गरिरहेका छन । बिहिबार दिउँसो १ बजे प्रतियोगिताको समापन हुने आयोजकले जानकारी गराएको छ ।

     

  • २६ पुष २०७४, बुधबार १९:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित