मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एचसीआरसी कप ब्याडमिन्टनको यु–१६ तर्फ सफल थापा र समिक्षा न्यौपाने च्याम्पियन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पौष २७ । नेपालगन्जमा बिहिबार सम्पन्न एचसीआरसी कप ब्याडमिन्टनको यु–१६ तर्फ सफल थापा र समिक्षा न्यौपाने च्याम्पियन भएका छन । नेपालगन्ज कभर्डहलमा बिहिबार सेन्ट थोमस स्कुलका सफलले फाइनलमा आफनै स्कुलका सचिन चौधरीलाई २१–१२, २१–११ ले पराजित गर्दै च्याम्पीयन भए । सोहि ईभेन्टमा सेन्ट थोमसकै शिव सुनार र संगम पुन तेस्रो भए । शिव प्रतियोगितामा उदयीमान खेलाडीबाट पुरस्कृत भएका थिए । उनलाई ब्याडमिन्टन संघका केन्द्रिय सदस्य रोहित टण्डने ब्याडमिन्टन किट्स उपहार दिएका थिए । यु–१६ महिलामा वेस्ट जोनकी समिक्षाले ज्ञानोदय विद्या निकेतनकी विपना थापालाई २१–५, २१–१३ ले पराजित गर्दै प्रथम भईन । सेन्ट थोमसकी दुर्गा पुन र सुस्मिता पौडेल तेस्रो भए । यु–१३ पुरुषमा करण सिह र विपनाले पहिलो स्थानमा हासिल गरे । विपनाले आफनै स्कुलकी सुस्मितालाई २१–७, २१–१७ ले पराजित गरिन । सेलिना र दुर्गा पुन तेस्रो भईन । ज्ञानोदयका करणले ब्राइटल्यान्डका दिब्य बोथरालाई २१–८, ७–२१, २१–१५ ले हराएर प्रथम भए । पुरुष डब्लसको फाइनलमा इरफान अन्सारी र चक्र दाम्रपालले रियाज अन्सारी र राम प्रसाद भुषालको जोडीलाई १९–२१, २१–१८, २१–१७ ले हराउदै प्रथम भयो । सो ईभेन्टमा विलाल वारिस र सफल थापा, तथा अभय लाल श्रेष्ठ र अरुण गौतमको जोडी तेस्रो भयो । पुरुष डबल्स विजेताले आधा तोला सुन, उपविजेता जोडीले १० हजार र सेमिफाइनल पुग्ने टिमले समान ५ हजार नगद रुपैया प्राप्त गरेका थिए । प्रतियोगितामा सर्बाधिक पदक जित्न सफल ज्ञानोदय बिद्या निकेतनले टुर्नामेन्टको ट्रफी उचालेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई बाँके क्षेत्र न. २ ख प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य रोहित टन्डन, नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलशमसेर राणा, आयोजक अस्पतालका बलराम शाह, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिती उपाध्यक्ष नरेन्द्र थापा लगायतले पुरस्कार वितरण गरेका थिए । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा संचालन भएको प्रतियोगितामा पाँच वटा इभेन्ट समावेश गरिएको थियो । प्रतियोगितामा१ सय २६ खेलाडीले पुरुष डबल्स, यु–१३ र यु–१६ महिला पुरुष इभेन्टसमा प्रतिस्पर्धा गरेका थिए ।

     

  • २७ पुष २०७४, बिहीबार १९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित