नेपालगन्ज पौष २९ । मुन मिडिया हाउसले सौन्दर्य र प्रतिभा प्रतियोगिता मिस्टर एण्ड मिस टिन प्रतियोगिता नेपालगन्जमा आयोजन गर्ने भएको छ ।
शनिबार नेपालगन्जमा अयोजित पत्रकारसम्म्ेलनमा प्रतियोगिताका कोडनेटर एवम मुन मिडिया हाउसका संचालक सदस्य बिजय खत्रीलेजानकारी गराउदै प्रतियोगितामा बाँके जिल्लाका १३ बर्ष उमेरदेखि १९ बर्ष सम्मका युवा युवतीहरुले सहभागीता जनाउन सक्ने र प्रतियोगितामा २० जना युवा र २०जना युवतीहरु ग्रि ४० जनामात्र सहभागी हुने कुरा बताए ।
सो पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै पत्रकार सम्मेलकोअध्यक्षता गरिरहेकी सृष्टी वलीले प्रतियोगिताबाट बिजेता उपबिजेताहरुलाई मुन मिडिया हाउसले आयोजना गरिने सौन्दर्य र प्रतिभा प्रतियोगिताहरुमा र अन्य राष्ट्रिय क्षेत्रिय स्तरका प्रतियोगितामा सहभागिता हुने अवसर पाउने जनाउदै प्रतियोगितामा बिजेताले २० हजार,फस्टरनअफले १० हजार र सेकेन्डरनअफले ५ हजार रुपैयाको पुरस्कारको व्यवस्था गरिएको बताए ।