मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तपाईका लागि यस्तो छ २०७४ साल पौष ३० गते आईतबार, लागि राशीफल
  • मार्गरेखा संवाददाता

  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    Ariesप्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। गोप्य सूचना बाहिरिनाले पनि समस्या पर्न सक्छ।
    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    Taurusव्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    Geminiस्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नपछि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले अाफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। निम्तो अाए पनि अातिथ्य खर्चिलो बन्ने सम्भावना देखिन्छ।
    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    Cancerप्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। मध्याह्नपछि प्रातिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    Leoशुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। मध्याह्नपछि लक्ष्यअनुसार समयकाे उपयोग गर्न नसकिएला। अध्ययनमा पछि परिनेछ भने गुरुजनसँग मतभेद हुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुपर्ला।
    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    Virgoस्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नपछि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पशुधनबाट लाभ उठाउन सकिनेछ।
    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    Libraसमयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। मध्याह्नपछि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।
    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    Scorpioप्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। तर, मध्याह्नपछि अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बेसुरमा दिइएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ, सजग रहनुहोला।
    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    Sagittariusबेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने काममा हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ।
    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    Capricornमिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अावश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। र्इर्ष्या गर्नेहरूले सताउनेछन्। फजुल खर्च बढ्नेछ। काम बीचैमा रोकिन सक्छ।
    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    Aquariusप्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    Piscesकमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ। नेपाली पात्रोबाट
  • ३० पुष २०७४, आईतवार ०७:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित