नेपनलगन्ज पौष ३० । अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकले वार्षिक ग्राहक योजना सुरु गरेको छ । राजधानीलगायत देशभर रहेका अन्नपूर्ण पोस्टका सबै क्षेत्रीय कार्यालयहरुमाफर्त आइतबार एकैसाथ ग्राहक योजनाको सुरुवात भएको हो ।
यसैक्रममा अन्नपूर्ण पोस्टको मध्य तथा सूदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्जले पनि वार्षिक योजनाको सुरुवात गरेको छ । बाँके क्षेत्र नं. २का प्रतिनिधिसभा सदस्य इश्तियाक राई तथा प्रदेश सभा सदस्य सुरेन्द्र हमालले वार्षिक ग्राहकको रसिद लिँदै आफ्नो रक्त चाप समेत जाँच गराएर बार्षिक ग्राहक योजनाको सुरुवात गरेका थिए । त्यसक्रममा राईले अन्नपूर्ण पोस्टले पाठकहरुलाई ज्ञान, सूचना र मनोरञ्जनसँगै सम्पूर्ण जनताको स्वास्थ्यलाई समेत ख्याल राख्दै ग्राहक योजना सुरुवात गरेकोमा प्रशंसा गरेका थिए । ‘ज्ञान, सूचना अनि मनोरञ्जन त पत्रिकाले पस्किँदै आएको छ, अब सम्पूर्ण जनतालाई सचेत गराउने उद्देश्यले अन्नपूर्णले रक्त चाप चाँच्ने मेसिनसमेत दिन थालेको छ’ उनले भने ‘यो एउटा मेसीनमात्रै नभइ, जनतालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने एउटा अभियान पनि हो ।’
त्यस्तै प्रदेशसभा सदस्य हमालले जनतालाई स्वास्थ्यप्रति सचेत गराउने अभियानलाई सबैले साथ दिनुपर्ने बताए । ‘आम मानिसको आवाज बनिरहेको अन्नपूर्ण पोस्ट मानिसको सबैभन्दा ठूलो धन, उसको स्वास्थ्यप्रति पनि सचेत छ’ उनले भने ‘निश्पक्ष र जनमुखी समाचारहरुको सम्प्रेषणसँगै यो स्वास्थ्य सचेतना अभियानलाई पनि हामी सबैले साथ दिनुपर्छ ।’
अन्नपूर्ण पोस्टका क्षेत्रीय इन्चार्ज प्रेम केसीले अन्नपूर्ण पोस्टको वार्षिक योजना अन्र्तगत आइतबारदेखि नै मध्य तथा सूदूरका सबैजसो जिल्लाहरुमा अन्नपूर्णका प्रतिनिधिहरु खटाइएको जानकारी दिए । उनका अनुसार वार्षिक ग्राहक योजनाको प्रचारप्रसारको लागि अन्नपूर्णकर्मीहरुको समूहले नेपालगन्ज बजारमा रोड शो समेत गरेको छ ।
यो योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स ब्लडप्रेसर (बीपी) मेसिन उपहार पाउनेछन्।
‘ज्ञानको धनी साथमा टन्न मनी’ नाराका साथ अन्नपूर्ण पोस्ट्ले सुरु गरेको नयाँ ग्राहक योजनामा वार्षिक ग्राहकले हातहातै बीपी मेसिनका अलावा हरेक दिन एक जना वार्षिक ग्राहकले लक्की ड्रमार्फत नगद एक लाखसमेत उपहार पाउनेछन् । पक्का उपहारमा रक्तचाप जाँच्ने डिजिटल मेसिन र प्रत्येक दिन नेपालभर ग्राहक बनेका मध्येबाट लक्की ड्र गरी दैनिक एक जनालाई एक लाख रुपैयाँ दिइने बस्नेतले बताए। हरेक दिन गरिने लक्की ड्र को एपीवान टेलिभिजनले बेलुका प्रत्यक्ष प्रसारण गर्नेछ।
अन्नपूर्ण पोस्ट् काठमाडौंसँगै बुटवल, इटहरी र कोहलपुरबाट एकैसाथ प्रकाशन हुँदै आएको छ । पत्रिकामा राष्ट्रिय(अन्तर्रा्ष्ट्रिय घटनाक्रमका अलावा गहकिला विश्लेषण र सातै प्रदेशका समाचार छापिन्छ भने अर्थसम्बन्धी चार पृष्ठको छुट्टै ‘अर्थतन्त्र’ साताको ६ दिन (शनिबारबाहेक) प्रकाशन हुन्छ । साथै, हरेक शुक्रबार मनोरञ्जन विशेष शैली र प्रत्येक शनिबार बौद्धिक खुराकका रूपमा ‘फुर्सद’ र हरेक आइतबार साना नानीका लागि भनेर ‘अंकुर’ प्रकाशन हुन्छ ।