मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रादेशिक महोत्सव—२०७४,नेपालगन्जमा १ लाख रुपैयाको सर्वाधिक पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता हुने
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज, १ माघ ः नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ ११ गतेदेखि २२ गतेसम्म आयोजना गरिन लागिएको ‘प्रादेशिक महोत्सव—२०७४’ मा सर्वाधिक पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता हुने भएको छ । बिद्यार्थीभित्र लुकेर बसेको प्रतिभा उजागर गर्नका लागि ‘राही मार्ट डान्सीङ्ग स्टार’ आयोजना गर्न लागिएको महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्रबिक्रम शाहले जानकारी दिएका छन् ।
    राही मार्ट टे«र्डसको प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा बिद्यार्थीहरुले सामुहिक र एकलरुपमा सहभागिता जनाउन पाउने शाहले बताए । उक्त प्रतियोगिताको बिजेताले रु १ लाख पुरस्कार पाउनेछ । ‘हाम्रो महोत्सवको माध्यमबाट बिद्यार्थी भाई, बहिनीहरु भित्र रहेको प्रतिभालाइृ प्रोत्साहन गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्दैछौं ।’— सांस्कृतिक समितिका संयोजक श्यामसुन्दर अधिकारीले भने । उनका अनुसार, अहिले सो प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको छ । वहुउद्देशिय सभा–गृह तथा प्रदर्शनी स्थल निर्माण गर्ने लगायतको उदेश्य राखेर आयोजना गर्न लागिएको महोत्सवको अहिले तयारी तिब्ररुपमा भइरहेको प्रचार प्रसार उपसमितिका संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् ।
    लामिछानेका अनुसार, उद्योगी, ब्यवसायीबिच व्यवसायीक प्रतिस्पर्धाको वातावरण सृजना गरि लगानीका लागी प्रेरीत गर्ने , राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकका उत्पादन एवं सेवाहरुको बृहत प्रदर्शनी गरी ब्यापार प्र्रवद्र्धनमा सहयोग पु¥याउने,यस क्षेत्रको मौलिक कला, साहित्य र सँस्कृतीको जर्गेना एवं प्रवद्र्धनमा सहयोग पु¥याउने, प्रविधिक क्षेत्रका नयाँ–नयाँ उपलब्धिहरुलाई जनसमुदायमा पु¥याउने लगायतको उदेश्य राखिएको छ ।
    महोत्सवमा अन्जु पन्त, सुगम पोख्रेल, राजनराज सिवाकोटी, प्रमोद खरेल, पशुपति शर्मा, रामजी खांड, खुमनअधिकारी, ज्योती मगर लगायत स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने सांस्कृतिक उपसमितिले जनाएको छ । अमेरिकी ब्याण्डका पाहुना कलाकार, चचिृत डान्सर कार्टुन क्रियुको बिशेष प्रस्तुती र माग्ने बुढा, ज्योती काफ्ले, कमल गाउले राजा राजेन्द्र, दिनेश काफ्लेको हास्यब्यांग्य रहनेछ ।

     

     

  • १ माघ २०७४, सोमबार १६:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित