मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नयाँ घर÷भवन निर्माणमा लागु भवन मापदण्ड पूर्ण कार्यान्वयन गरि सुरक्षित नेपालगन्ज बनाउने अभियानमा सबै लागौ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज माघ २ गते – राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी, सभा तथा अन्तरक्रिया गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा दिवस मनाइएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समति बाँकेको आयोजनामा आज विहान भुकम्प स्मृति तथा भुकम्पीय पुर्व तयारी सचेतना प्रभातफेरी तथा सभा गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेबाट शुरु प्रभातफेरी त्रिभुवन चौक–विपीचौक हुँदै नेपालगञ्ज उपमहानगरपालिका परिसरमा पुगेर सभामा परिणत भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले नयाँ घर÷भवन निर्माणमा लागु भवन मापदण्ड पूर्ण कार्यान्वयन गर्न अपील गर्दै भुकम्पीय जोखिम कम गर्न सचेतनासँगै सहकार्यको आह्वान गर्नु भयो । भुकम्पीय जोखीमप्रति उपमहानगरपालिका प्रतिवद्ध रहेको जनाउँदै प्रमुख राणाले यसै वर्षदेखि खुला पार्क निर्माणको पनि तयारी हुने उदघोष गर्नु भयो । शहरी भवन डिभीजन कार्यालयका प्रमुख सुनिल कुमार ठाकुरले बढ्दो शहरीकरणमा भुकम्पीय जोखिम पनि बढीरहेकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने आवश्यक्तामा जोड दिनु भयो । समारोहका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भुकम्प प्रतिरोधी घर निर्माण लगायतका पुर्व तयारीमा कुञ्जुस्याई नगर्न आह्वान गर्नु भयो । सभा स्थलमा बागेश्वरी सशस्त्र प्रहरी गणले भुकम्पीय सुरक्षाका साधान प्रदर्शनी गर्दै त्यसको प्रयोग बारे जानकारी गराएको थियो । यस्तै दिउसो कर्मचारी मिलन केन्द्रमा भुकम्पिय सुरक्षाका बिषयमा सरोकारवालाहरुससँग अन्तरक्रिया कार्यक्रम पनि गरिएको प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनु भयो ।

     

  • २ माघ २०७४, मंगलवार १९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित