मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङलाई अस्थायी मुकाम तोक्न दाङवासीको आग्रह आजै देखि जिल्ला र राजमार्ग ठप्प पार्ने चेतावनी
  • मार्गरेखा संवाददाता

  •  

     


    माघ २ तुलसीपुर
    प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्न तुलसीपुर उद्योग वाणिज्य संघले जोडदार माग गरेको छ । दाङलाई राजधानी वनाउनका लागि यस अघि महत्वपूर्ण भुमिका र दवाव श्रृजना गर्दै आईरहेको तुलसीपुर उद्योग वाणिज्य संघले सबै श्रोत र साधनका हिसावले उपयुक्त रहेको दाङ जिल्लालाई राजधानी वनाउन वर्तमान सरकार पछि हटेको संकेत पाए पछि आज मंगलवार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत र महासचिव रुप वहादुर खत्रीले एक प्रेस विज्ञप्ती जारी गरी तत्तकाल दाङ जिल्लालाई ५ नम्बर प्रदेशको राजधानी तत्काल घोषणा गर्न आवहान गर्नु भएको छ । दाङलाई अस्थायी मुकाम तोक्न सरकारले आनाकानी गरेको छ ं ।
    दाङलाई अस्थायी मुकाम तोकिएन भने ठूलो अन्याय हुने छ वाणिज्य संघका अध्यक्ष रावतले भन्नु भयो । यता दाङलाई अस्थायी मुकाम तोक्ने सम्भावना कम भएको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघ लगायत जिल्लाका सबै उद्योग वाणिज्य संघमा आकस्मिक बैठक वोलाइएको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनु भयो । जिल्लामा रहेका सबै उद्योग वाणिज्य संघहरुको समन्वयमा जिल्लामा आन्दोलनको तयारीमा रहेका छौ ।
    तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले भन्नु भयो । दाङलाई अस्थायी मुकाम तोक्न नसके जिल्लावासीहरुलाई ठूलो अन्याय हुन्छ आज हामीले जिल्लामा हुन लागेको आन्दोलनलाई सबैले साथ र समर्थन दिन आवश्यक छ रिजालले भन्नु भयो । यसै विच सबै उद्योग वाणिज्य संघहरुको समन्वयमा जिल्लामा शान्तिपूर्ण आन्दोलन हुने भएको छ । वजार, शिक्षण संस्था, यातायात, सम्पूर्ण कलकारखाना वन्द गरेर आन्दोलनको शुरुवात गर्दै छौं । यसमा सबैको साथ र सहयोग चाहिन्छ राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले भन्नु भयो । हामी दाङलाई अस्थायी मुकाम तोक्न जस्तो सुकै दवाव दिन पनि तयार छौं । पूर्व पश्चिम राजमार्ग ठप्प पार्न पनि पछि हट्ने छैनौं । अध्यक्ष हमालले भन्नु भयो ।
    यता जिल्लामा रहेका सम्पूर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, संघ संस्था, उद्योगी व्यवसायीहरुको समन्वयमा उद्योग वाणिज्य संघहरुले आन्दोलनको नेतृत्व गर्ने तयारी रहेका छन् ।

  • २ माघ २०७४, मंगलवार १९:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित