मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

घरमा सुख,शान्ति संबृद्धी सहित मनमा हर्ष-उल्लास फैलाउन यी बास्तु नियम पालना गर्नुहोस …
  • मार्गरेखा संवाददाता

  • बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ । किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन् ।

    घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ ।

    यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः

    १. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।

    २. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

    ३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।

    ४. घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।

    ५. घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।

    ६. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।

    ७. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।

    ८. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

  • ४ माघ २०७४, बिहीबार ०८:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित