केही दिन यता देशरभर चिसो निकै बढेको छ । चिसो बढेसँगै तपाइलाई रुघाखोकी, घाँटी दुख्ने समस्याले सताएको छ ?
यदि चिसोका कारण रुघाखोकी र घाँटी दुख्ने समस्या देखिएको छ भने त्यसलाई वेवास्ता नगर्नुस् ।
चिसोको समयमा रुघाखोकीलाई सामान्य मानेर वेवास्ता गर्दा लाइलाई लामो समयसम्म स्वास्थ्यमा समस्या देखिन सक्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले अस्पतालमा आउँने अधिकांस विरामी चिसो मौसम र धुलोधुवाँका कारण खोकी रुघाखोकीको समस्या लिएर आउँने गरेको बताए ।
‘यसवर्ष औषधी खाएर पनि रुघाखोकी निको नएन भन्दै स्वास्थ्य परिक्षण गर्न आउने विरामी बढेका छन्’ उनले लोकान्तरसँग भने, ‘अत्याधिक धुलोधुँवाका कारण औषधी खाएपनि रुघाखोकी निको हुन समय लागेको जस्तो लाग्छ ।’
चिसोको समयमा रुघाखोकीको संक्रमणबाट बच्न डा. पुनको ९ सुझाव
- मास्क लगाएर मात्र बाहिर निस्कने ।
- धेरै भीडभाड भएको ठाउँमा नजाने ।
- पानी राम्रोसँग उमालेर मन तातो भएपछि खाने ।
- झोलिलो सुपहरु प्रशस्त पिउने ।
- धुँलोधुँवामा नबस्ने ।
- बाहिरबाट घर फर्केपछि साबुनपानीले राम्ररी हातगोडा धोएर बस्ने ।
- हरियो सागपात फलफूलहरु राम्ररी पखालेर मात्रै खाने ।
- न्यानो कपडा लगाउने ।
चिसोको समयमा नवजात शिशु तथा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी, दम, श्वासप्रश्वासका बिरामीलाई छिटो संक्रमण देखिने भएकाले उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिन डा. पुनको सुझाव छ । lokaantar