मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अनिल शाहीको म्युजिक भिडियो ‘मेरो मनले
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : संगीतकार अनिल शाही गायक एवं मोडलका रुपमा समेत देखा परेका छन् । ‘मेरो मनले’ बोलको नयाँ म्युजिक भिडियोमा शाहीलाई मोडलका रुपमा पनि देख्न पाइन्छ ।

    ‘मेरो मनले तिम्रो प्रित चोर्यो भने मलाई माफ गरिदिनु ’ बोलको गीतले संगीतकार शाहीलाई गायकको रुपमा पुष्टि गरिदिएको छ । नविन श्रेष्ठको गीतमा संगीत समेत शाहीकै छ ।

    ‘मेरो मनले’ गायिका प्रतिभा शाहको पहिलो प्रस्तुती रहेको बताइएको छ । बेलायतको म्यानचेस्टर बस्ने प्रतिभा पेशाले नर्स हुन् । नर्सिङ अभ्यासकै क्रममा डेढ दशकअघि बेलायत पुगेकी प्रतिभा शास्त्रीय संगीतमा समेत पोख्त छिन् ।

    उनको यो पहिलो प्रस्तुती आधुनिक सुगम संगीत मार्फत दर्शक एवं श्रोतामाझ आएको छ । प्रतिभा शाहले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन पनि अनिल शाहीले नै गरेका हुन् ।

  • ४ माघ २०७४, बिहीबार ०८:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित