मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बलिउड नायक ऋतिक रोशन विश्वकै सबैभन्दा सुन्दर नायकको सूचीमा
  • मार्गरेखा संवाददाता

  • बलिउड नायक ऋतिक रोशन विश्वकै सबैभन्दा सुन्दर नायकको सूचीमा पर्न सफल भएका छन्। नीलो आँखा र आकर्षक शरीरका धनी यी ४४ वर्षे नायकले विश्वका सबै नायकलाई पछि पारेका हुन्।

    वल्र्डस् टप मोस्ट डटकम अनलाइनले विश्वभरका नायकमाथि गरेको सर्वेक्षणका आधारमा ऋतिकलाई एक नम्बर घोषणा गरेको हो। अनलाइनले विश्वका नायकमध्ये सबैभन्दा सुन्दर १० नायकको नाम सार्वजनिक गरेको हो।

    ऋतिक हलिउड नायक रोबर्ट प्याटिन्सन्स, क्रिस इभान्स, नोह मिल्सलगायतलाई पछि पार्दै विश्वकै सबैभन्दा सुन्दर नायक बनेका हुन्।यस्तै बलिउडका अर्का सुपरस्टार नायक सलमान खान सबैभन्दा सुन्दर नायकको सूचीको पाँचौं नम्बरमा परेका छन्। गत वर्ष ऋतिक तेस्रो स्थानमा थिए भने सलमान खान १०औं स्थानमा थिए। एजेन्सी

  • ४ माघ २०७४, बिहीबार ०८:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित