मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके राप्तीसोनारीका बाढीपिडितका लागि शिक्षा र खाद्य सुरक्षा परियोजना संचालन
  • मार्गरेखा संवाददाता

  • सिराज खान
    नेपालगन्ज, ४ माघ ः बाँकेको राप्तीसोनारी गाउँपालिकाका बाढी पिडितलाई लक्षित गरेर शिक्षा र खाद्य सुरक्षा सम्बन्धि दुई वटा छोटो अवधीका शिक्षा र खाद्य सुरक्षा गरिएको छ ।
    बाढीपिडितका बालबालिकालाई लक्षित गरेर ‘तराइका बाढी प्रभावित क्षेत्रमा शिक्षाको पुनस्र्थापना’ र ‘बाढी प्रभावित समुदायको खाद्य सुरक्षामा बृद्धि’ नामक ती दुबै परियोजना बाँके युनेस्को क्लबले संचालनमा ल्याएको छ ।
    सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा संचालनमा ल्याईएका ती दुबै परियोजनाको अवधी ६ महिनादेखि ९ महिनाको रहने क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
    अध्यक्ष सिद्दिकीका अनुसार राप्तीसोनारी गाउँपालिकाका बाढी प्रभावित बिद्यालयहरुमा संचालन गरिने शिक्षाको पुनस्र्थापना कार्यक्रम अन्तरगत १५ वटा अतिप्रभावित बिद्यालयको मर्मत सम्भार गरिनुका साथै प्रभावित १ हजार ९ सय ८४ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिने तथा ३ सय जना शिक्षकलाई शैक्षिक सामाग्री प्रयोग सम्बन्धि तालिम समेत दिइने छ ।
    सो गाउँपालिकामा रहेका ११ वटा बालविकास केन्द्रलाई शैक्षिक सामाग्री बितरण गरिनुका साथै जिल्लाका ४ वटा श्रोत बिद्यालयलाई ब्यबस्थापन सहयोग पनि सोही कार्यक्रम अन्गरगत गरिने उहाँले बताउनु भयो ।
    मर्मत सम्भारका लागि छनोटमा परेका १५ वटा बिद्यालयका पुननिर्माण समितिलाई अभिमुखिकरण गरिने र ती बिद्यालयको सामाजिक परिक्षण समेत गरिने जनाईएको छ ।
    यसैगरी खाद्य सुरक्षा बृद्धि सम्बन्धि अर्को परियोजना अन्तरगत राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ मा ११ सय बाढी प्रभावित परिवारलाई लक्षित गरेर त्यहाँ रहेका साना साना कुला, सिचाई, बाँध र हाट बजारको मर्मत सम्भार गरिनुका साथै तरकारी खेतीका लागि बिउ समेत वितरण गरिने योजना रहेको क्लबका अध्यक्ष सिद्दिकीले बताउनु भयो ।
    ती ११ सय प्रभावित परिवारका सदस्यलाई कामको लागि नगद दिएर रोजगारी समेत प्रदान गरी कुला, सिचाई, बाँध र हाट बजारको मर्मत सम्भार गराइनेछ । जसबाट उनिहरुले तरकारी खेती लगायत अन्य खेती राम्ररी गर्न सक्ने छन् भने बिक्रिका लागि हाट बजारको उपयोग गर्ने छन् ।
    यसका साथै सो वडामा अगुवाहरुलाई विपद ब्यबस्थापन सम्बन्धि तालिम दिएर विपदको अग्रिम तयारी गर्न कार्ययोजना समेत तयार गर्ने कार्यक्रम रहेको बाँके युनेस्को कलबका कार्यकारी निर्देशक रवि तुलाधरले बताउनु भयो ।
    सानै अवधीका भएपनि यी दुबै कार्यक्रमले सो गाउँपालिकाका बाढीपिडित परिवारले केही हदसम्म ठुलो राहत पाउने हुँदा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सेभ द चिल्ड्रेन र बाँके युनेस्को कलबप्रति आभार ब्यक्त गर्नु भएको छ ।
    बाँके युनेस्को क्लबले गाउँपालिकामा आफ्नो सम्पर्क कार्यालयनै स्थापना गरेर स्थानीय तहसंग मिलेर काम गर्न शुरु गरिसकेको छ ।

  • ४ माघ २०७४, बिहीबार १८:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित