मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भेरी बबई डाईभर्सन निर्माण कार्यलाई तीव्रता दिने र बर्दियामा कृषि तथा पर्यटन विश्वविद्यालय स्थापना कार्यलाई प्राथमिकतामा सिचाईमन्त्री सञ्जयकुमार गौतम
  • मार्गरेखा संवाददाता

  • बर्दिया, ५ माघ । सिचाईमन्त्री तथा बर्दिया १का नव निर्वाचित प्रतिनिधि सभा सदस्य एवम नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले सांसद तथा मन्त्री भएको छोटो समयमा बर्दियाको सिचाई,सडक,नदी नियन्त्रणका क्षेत्रमा आफुले धेरै महत्वपुर्ण र उल्लेखनीय कार्य गरी समग्र बर्दियाली जनता र कंग्रेस कार्यकर्ताहरुको गौरव बढाएको बताएका छन् ।

    प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पहिलोपटक बर्दियाको राजापुर क्षेत्र पुगेका सिचाईमन्त्री गोतमले नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले बिहीबार राजापुरमा गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

    सिचाईमन्त्री गौतमले राजापुर क्षेत्रमा राजापुर सिचाई २ परियोजना शुरुवात गर्न आवश्यक गृहकार्यमा आफु लागि परेको बताउदै आफु सिचाईमन्त्री भए लगतै कर्णाली तथा बुढी खोला नियन्त्रण आयोजनाको कार्य प्रभावकारी रुपले अगाडि बढाएको प्रष्ट पारे ।

    सिचाईमन्त्री गौतले राजापुर क्षेत्रको रिङ रोड यथाशीघ्र पक्की गराउने र गुलरियादेखि राजापुर हुलाकी सडक निर्माण कार्यलाई छिटो छरितो गराउने कुरा पनि सदैव आफनो प्राथमिकता परेको बताउदै गुणस्तरीय काम भए नभएको बारेमा चासो राख्न पनि कंग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    उनले नदी कटानको समस्यामा रहेको सत्तीघाटका कर्णाली पुल बचाउन आवश्यक बजेट पनि मन्त्रालयले उपलब्ध गराएकोले सो समस्या पनि छिटटै समाधान हुने बताए ।

    सिचाईमन्त्री गौतमले एक प्रसंगमा धेरैपटक चुनाव जितेका माओवादी र एमालेका नेताहरुले बर्दियाको विकासमा केही गर्न नसकेको जिकीर गर्दै आफुले जनचाहना बमोजिम विकास गरेको प्रष्ट पारे ।

    मैले २०७० सालमा चुनाव जितेर गुलरिया क्षेत्रबाट संविधान निर्माण र सिचाई,सडक तथा पुलपुलेसा लगायतको भौतिक विकास गरेर देखाएको हु अब मैले बर्दियाका गांउगाउमा पक्की सडक तथा पुल पुलेसा निर्माण ,कर्णाली ,मान र बबई नदी नियन्त्रण कार्य प्रभवाकारी बनाउने , बबईनहर र भेरी बबई डाईभर्सन निर्माण कार्यलाई तीव्रता दिने र बर्दियामा कृषि तथा पर्यटन विश्वविद्यालय स्थापना कार्यलाई प्राथमिकतामा राखेको छु ः उनले भने ।

    बर्दिया कांग्रेसका सभापति समेते रहेका सिचाईमन्त्री गौतमले बर्दियामा ठुलाठुला कलकारखाना खोलाई युवाहरुलाई स्वदेशमै रोजगारी दिलाई भारत तथा खाडि मुलुकमा वैदेशिक रोजगारका लागि हुने युवा पलायनलाई रोक्ने प्रतिबद्धता समेत जनाउदै बर्दियालाई पांच बर्षभित्र समृद्धशाली बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

    नेपाली कांग्रेस क्षेत्र न २ ख का सभापति दीपक जंग शाहको अध्यक्षतामा सम्पन कार्यक्रममा गेरुवा गाउपालीका अध्यक्ष जवान सिहं के सी, उपाध्यक्ष हेमा थारु, कंग्रेस नेता रमण रेग्मी, भोजराज जोशी,भागीराम थारूले राजापुर क्षेत्रको समस्या बारे सिचाई मन्त्रीलाई जानकारी गराउनु भयो । कार्यक्रममा कांग्रेस नेतृ एवं मन्त्री पत्नी सावित्री गौतम , महासमिति सदस्यहरु सोदे विष्ट तथा विजय दत्त देवकोटा, बर्दिया कांग्रेसका उपसभापति मिश्रीलाल यादव, सचिव जीवन मल्ल, ने वि संघ बर्दियाका उपाध्यक्ष विशेष गौतम, प्रेस क्लबका अध्यक्ष यम घिमिरे लगायतको उपस्थिति थियो ।

  • ५ माघ २०७४, शुक्रबार ०७:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित