मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजधानी माग्दै दाङका सडकहरू महिलाहरुको प्रदर्शन हात हातमा थाल र चम्चा बोकेर बिरोध
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी दाङ, ६ माघ । दाङमा विगत ५ दिन देखि जारी आन्दोलन थप निर्णायक बन्दै गएको छ । आन्दोलनको पाचौं दिन आज महिलाहरु सडकमा आएका छन् । दाङ राजधानीको माग सहित सरकारको निर्णय फिर्ताको माग गदै महिलाले सडकमा आएका हुन । उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेताहरु प्नि सडकमा आउनुपर्ने माग गदै तुलसीपुर बजारमा प्रर्दशन गरेका छन् । घर घरबाट निक्लीयर सडक ततायका महिलाहरुले हात हातमा थाल, डाढु , चम्चा र भाडाँ लियर सडकमा आन्दोलीत भएका छन । उनीहरुले र¥यालीमा भाडाँहरु बजाउदै विरोध जनाएको छन् । सरकारले प्रदेश नं ५को अस्थायी मुकमा दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुन्जेल आफुहरुको आन्दोलन जारीरहने बताएका छन् । सयौं संख्यामा भाडाँ बजाउदै सडकमा तताएका महिलाहरुले आन्दोलनलाई थप शसक्त गराउदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताउनुभयो । उहाँले सवै सिकीमले दाङ प्रादेसीक राजधानीको लागि उपयूक्त हुदा हुदा आफुहरुलाई अन्याय गरेको भन्दै आन्दोलीत हुनुपरेको बताउनुभयो । उहाँले महिलाहरुको आन्दोलन थप शसक्त बनाउदै लजने बताउनुभयो । गिरीले यस आन्दोलनमा सवैको सहभागीता हुनुपर्ने बताउनुभयो । त्यसैगरी आन्दोलनमा रहनुभएकी सावित्रा गुरुङले पनि अव महिलाहरु आन्दोलनलाई थप शसक्ति बनाउदै लैजाने बतानुभयो । महिलाहरुले आफुहरुले सडक संर्घलाई निर्णय फिर्ता नलिदा सम्म जारी राख्ने बताएका छन् । गाउँ गाउँमा बाट बजारमा आएका महिलाहरुले विरोध गदै आज दिनभर तुलसीपुर बजारमा प्रदर्शन गरेका थिए । त्यसैगरी तुलसीपुरमा महिलाहरुले आन्दोलन थालेका छन् भने अन्य दल र संघ संस्थाहरुले राजमार्ग केन्द्रीत आन्दोन गरेका छन् । महीला अधिकर कर्मी सुष्मा गिरीले भन्नुभयो – ‘हरेक हिसावले उपयुक्त रहेको जिल्लालाई उपेक्षा गरेर अवैज्ञानिक ढंगले अस्थायी मुकाम रुपन्देही तोकिएको छ’। यो कुरा निर्णय हामी महिला दिदि वहिनि र दाङ वासीलाई कदापी मान्य छैन । सो अन्दोलमानमा उद्योगी व्यवसायी र सम्पूर्ण संघ संस्थाहरुले पनि साथ दिएका छन् ।

  • ६ माघ २०७४, शनिबार १९:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित