कञ्चनपुर ,६माघ । सिचाईमन्त्री तथा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले सत्संग र आध्यात्मिक चिन्तनमा आधारित भएर राजनीति संचालन गर्दा नेपालमामा समृद्धि र विकास गर्न आफुहरुलाई अझ बढि उर्जा प्राप्त भईरहेको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ससत्संग समोरोमा प्रमुख अथितिको आसनबाट बोल्दै सिचाईमन्त्री गौतमले नेपालको समृद्धि,विकास र नेपालीहरु बीच एकताको भावना अभिबृद्धि गर्न नैतिकता र आध्यात्मिक चिन्तनमा अझ बढि उर्जा प्राप्त भएकाले त्यसैमा आधारित भएर आफुहरुले नेपाली राजनीतिलाई अगाडि बढाईरहरेको बताए ।
नैतिकता,आध्यात्मिक चिन्तन र सतमार्गमा आधारिर राजनीतिले नेपाल र नेपालीमा एकता,समृद्धि भाईचारा,बन्धुत्वको भा्वना जगाई सरकारले घोषणा गरेका महत्वपुर्ण नीिित कार्यक्रम र विकास निर्माणमा समेत जनसहभागिता बृद्धि भई विकास निर्माण सफल हुदै आएको उनको भनाई छ ।
नैतिकता,ईमानदारीता,सदाचार,असलसंगतमा नेपाल र भारतले विश्वमा नै प्रसिद्धी पाएको स्मरण गर्दे सिचाईमन्त्री गौतमले सदियौदेखि आध्यात्मिक,धार्मिक,सांस्कृतिक र भावनात्मक सम्बन्ध रहदै आएको र भविष्यमा पनि दुई देश र नागरिक बीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास समेत ब्यक्त गरे ।
मानव धर्म सेवा समितिले महेन्द्रनगर रंगशालमा आयोजना गरेको सो कार्यक्रममा सो धर्मका सस्ंथापक एंव भारतको उतरखण्ड सरकारका उर्जा तथा पर्यटनमन्त्री सतपालजी महाराजले नेपाल र भारत बीच छिमेकीको सम्बन्ध रहेको प्रष्टाउदै साथी परिवर्तन गरेपनि छिमेकी कहिले परिवर्तन गर्न नसकिने बताए । उनले नेपालको राष्ट्रियता मजबुत बनाउन आध्यात्मिक चिन्तनले ठुलो भूमिका खेलेको प्रष्टाए ।
मानव धर्ममा आस्था राख्ने नेपाल र भारतका हजारौको उपस्थिति रहेको सो समारोहमा सिचाईमन्त्री गौतम,उहांकी धर्मपत्नी एंव सामाजिक अभियन्ता सावित्री गौतम,कैलाली १का प्रदेश सभा सदस्य डा. रणबहादुर रावल लगायतलाई सम्मान एंव अभिनन्दन पनि गरिएको थियो ।