मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सहमती भएकै हो ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष बन्ने सहमति!
  • मार्गरेखा संवाददाता

  • शुक्रबार र शनिबार गरी झण्डै ५ घण्टा लामो समय वन टु वन वार्तामा बिताएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार, पार्टी र राष्ट्राध्यक्षको नेतृत्वका सम्बन्धमा सहमतिमा पुगेको दावी स्रोतहरुले गरेका छन्।

    स्रोतहले बताए अनुसार ओली प्रधानमन्त्री बन्ने र प्रचण्ड पार्टी अध्यक्ष बन्ने गरी दुई नेताबीच सहमति जुटेको छ। तर, यसअघि चलेजस्तो पार्टी एकतापछि दुईवटा अध्यक्षको प्रावधान राखेर ओलीपनि अध्यक्ष बन्छन् कि बन्दैनन्, त्यो चाहिँ प्रष्ट हुन सकेको छैन।

    १७ असोजमा पार्टी एकताको घोषणा गर्ने क्रममा दुबै पार्टीका दोस्रो तहका नेताहरुबीच निर्वाचनपछि ओली प्रधानमन्त्री र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी पार्टी एकता गर्ने भद्र सहमति भएको थियो। दुबैतर्फका मध्यस्थकर्ता नेताहरुबीच भएको यो भद्रसहमति कायम हुने नहुने कुराले पार्टी एकतामा अन्योल थपेको थियो।

    त्यसैले, पार्टी एकतालाई मूर्तरुप दिन यसबीचमा दुई बिकल्प अघि सारिएका थिए। त्यसमध्ये पहिलो बिकल्प पार्टीमा दुृई सहअध्यक्षको व्यवस्था गर्ने र ओली–प्रचण्ड दुबैजना सहअध्यक्ष बन्ने भन्ने थियो। दोस्रो बिकल्प चाहिँ ओली प्रधानमन्त्रका साथै ओली–प्रचण्ड दुबैजना अध्यक्ष बन्ने भन्ने थियो।

    स्रोतको दावी के छ भने, प्रधानमन्त्री र पार्टी अध्यक्षका अलावा दुई नेताले राष्ट्रपति–उपराष्ट्रपतिको भागबण्डापनि टुङ्ग्याएका छन्। जसअनुसार राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिनेछन्। पुनले शुक्रबार विहानमात्र बालकोट पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए।

  • ७ माघ २०७४, आईतवार ०७:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित