मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तपाइको घरमा कुनै दिन नराम्रो घटना घट्ने संम्भावना छ भने तुलसीले देखाउछ यस्ता संकटका संकेत
  • मार्गरेखा संवाददाता

  • घरमा मठ राखेर तुलसी रोप्ने पुरानो चलन हो । तर तपाइँलाई थाहा नहुन सक्छ तुलसीको महत्व ठूलो छ ।

    शास्त्रका अनुसार तपाइँको घरमा कुनै पनि नराम्रो घटना हुन लागेको छ भने सबैभन्दा पहिले तपाइँको घरमा रोपिएको तुलसीका पातमा संकेत देखिन्छ । घरमा संकट आउनु अघी तुलसीका पात सुक्न थाल्छन् ।

    पुराणमा उल्लेख भए अनुसार जुन घरमा संकट आउँछ त्यहाँ लक्ष्मीको बास हुँदैन । तुलसी लक्ष्मीकी प्रतिक भएका कारण संकट आउन लागेको घरमा तुलसीका पात सुक्ने शास्त्रको भनाइ छ ।

    ज्योतिष विद्याका अनुसार बुध ग्रहका कारण यस्तो हुने गर्छ । बुध ग्रहको प्रभाव हरियो रंगमा हुन्छ । कुनै पनि विरुवाको रंग हरियो हुनुमा बुधको प्रभाव हुन्छ । बुधले नै संकट आउने संकेत तुलसी सम्म पुर्‍याउँछ । कुनै ग्रहले कुनै घरमा शुभ फल दिने भएपनि बुधले त्यसको संकेत तुलसीमा पठाउँछ ।

    तुलसीको गमला भान्साको छेउँमा राख्दा घरमा कलह समाप्त हुन्छ भने पूर्वी दिशाको झ्यालको छेउँमा तुलसीको विरुवा रोप्दा पुत्रको स्वभाव सकारात्मक हुने विश्वास छ ।

    कुनै पनि घरमा छोरीको विवाह गर्न ढिला भो भने तुलसीमा जल चढाउने चलन छ । ब्यापर ब्यवसायमा समस्या भएको छ भने घरको दक्षिण-पश्चिम दिशामा तुलसीको विरुवा रोप्नाले ब्यवसायमा सफलता मिल्ने विश्वास छ ।

  • ७ माघ २०७४, आईतवार ०७:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित