मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

के तपाईले रक्तदान गर्नुभएको छ ? यस्ता छन् रक्तदानका फाइदा
  • मार्गरेखा संवाददाता

  • रक्तदानले हरेक बर्ष लाखौँको जीवन बचाइरहेको हुन्छ । मानिसको रगत बनाउँन सकिँन्न, जो व्यक्तिले दान गर्छन् उनीहरु नै रगतको स्रोत हुन् । त्यसैले तपाई पनि अवश्य रक्तदान गर्नुहोस् । सबैलाई थाहा भएको कुरा रक्तदानले धेरैको जिन्दगी बचाउँन सकिन्छ, तर तपाईलाई थाहा छ रक्तदान गर्नुका पनि यस्ता फाइदा छन् । जान्नुहोस्, यी ४ फाइदाहरुः

    मुटु स्वस्थ्य रहन्छ – धेरैलाई थाहा नहुन सक्छ, नियमित रक्तदान गर्नाले आइरनको मात्रा ठिक रहन्छ । शरीरमा आइरन बढेमा अक्सिडेटिभ खराब हुने गर्छ, जसबाट टिस्यु खराब हुन्छ । रक्तदान गर्नाले शरीरमा खाली आइरनको मात्रा मात्रै ठिक हुँदैन, मुटुको रोगबाट पनि बचाउँछ ।

    कलेजोको रोग र क्यान्सरको जाखिम कम – यद्यपी, यस्तो कुनै अध्ययन भएको छैन, जसले रक्तदान गर्नाले कलेजो रोग र क्यान्सरको जोखिम कम हुन्छ भन्ने दाबी गर्छ । तर,  रक्तदान गर्नाले कलेजोमा राम्रो असर पर्छ, अघ्ययनले यस्तो देखाएको छ । कलेजोको कार्य आइरन मेटाबोलिज्ममा निर्भर गर्छ । रक्तदानले शरीरमा आइरनको मात्रा ठिक हुन्छ र कलेजो खराब हुनबाट बचाउँछ ।

    तौल घटाउँन मद्दत गर्छ – तपाईको एक पटक रक्तदान गर्दा ६५० देखि ७०० किलो क्यालोरी घट्न सक्छ । तौल घट्नु–बढ्नु क्यालोरीमा भरपर्छ, यदि क्यालोरी घटेमा तौल पनि घट्छ । यद्यपी, रक्तदान ३ महिनामा एक पटक मात्रै गर्नुपर्छ ।

    मनको सन्तुष्टि – यसमा कुनै शंका छैन, रक्तदान गरेपछि कस्तो मनमा सन्तुष्टि हुन्छ । किनकि, मानव रगतको कुनै विकल्प नै हुँदैन, त्यसैले यो एक महत्वपूर्ण काम पनि हो । जब तपाई रक्तदान गर्नुहुन्छ, त्यसले ३÷४ अलग–अलग बिरामीलाई काम लाग्छ, जसले खुशी र सन्तुष्टिको भाव दिन्छ ।

  • ७ माघ २०७४, आईतवार ०७:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित