बाँकेको राप्तीपारी बघौडा क्षेत्रको विकासले फड्को मार्ने प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बताउनुभएको छ । सांसद नमुनाले आइतबार सपथ ग्रहण पछि पत्रकारसँग कुरा गर्दैै सपथ ग्रहणले जनताका पक्षमा काम गर्न अझै जिम्मेवारी बोध गराएको बताउनुभएको हो । जनताले दिएको मतलाई सम्मान गर्दै राप्तीपारी बघौडा क्षेत्रको विकासमा लागिपर्ने उहाँले प्रतिबद्वता जनाउनुभयो । निर्वाचन भएदेखि नै बघौडा क्षेत्रको विकासको लागि कदम चालिसकेको छु, अबदेखि दिनरात नभनेर यस क्षेत्रका समस्या समाधान गर्न लाग्नेछु सांसद नमुनाले भन्नुभयो । बाँके क्षेत्र नम्बर १ प्रदेश क बाट नमुना प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । १ बर्षभित्र राप्तीपारीमा बिजुली बत्ति बालेर छाड्ने प्रदेश सांसद नमुनाले प्रतिबद्वता समेत जनाउनुभयो । निर्वाचित भएसँगै विद्यूतीकरणको काम अगाडि बढाएकी छु, लामो समयदेखि रोकिराखेको काम मन्त्रालयमा आफै पुगेर विद्यूतीकरणको फाइल अगाडि बढाएको उहाँको भनाई रहेको छ । दुई चार दिनमा नै सम्बन्धित निकायका प्रमुखहरुलाई नै लिएर विद्यूतीकरणको काम तिव्र रुपमा अगाडि बढाउनको लागि फिल्डमा नै जाने सांसद नमुनाको भनाई रहेको थियो । उहाँले भन्नुभयो, हुलाकी राजमार्ग विस्तारका क्रममा देखिएका विवादलाई आफै नै पुगेर समस्या समाधान गर्नेछु, । दुई चार ठाउँमा देखिएका समस्यालाई हल गरेर १ बर्षभित्र राजमार्ग निर्माण पूरा गर्न भुमिका खेल्नेछु, सांसद नमुनाले भन्नुभयो । डुवान र बाढीपिडितका समस्याहरुलाई अल्पकालिन र दिर्घकालिन योजना बनाएर हल गरिने उहाँले जानकारी दिनुभयो । ५ बर्षभित्र यस निर्वाचन क्षेत्रले फड्को मार्ने भन्दै सांसद नमुनाले सो अनुसार योजना बनाएर काम गर्न सुरु गरिरहेको छु । जिल्लामा सांसद नमुनालाई स्वच्छ छवी भएको नेतृको रुपमा लिने गरिन्छ । सांसद नमुनालाई भावी प्रदेश मन्त्रीको रुपमा समेत हेरिएको छ ।