बाँके(अगैया), मंसिर ७ / बाँकेको राप्तीसोनारी गाउँपालिकाले बिद्यालय सुधार कार्यक्रमका लागी विभिन्न बिद्यालयलाई ३१ लाख रुपैयाँ बाँडफाँट गरेको छ । गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न ३८ वटा बिद्यालयलाई उक्त बजेट बाँडफाँट गरिएको हो ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा आईतबार सम्पन्न गाउँपालिकाको बोर्ड बैठकले उक्त कार्यक्रमको सर्वसम्मत रुपले स्वीकृति दिएको छ । यस्तै बैठकले अन्य विभिन्न महत्वपुर्ण निर्णय पनि गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्लका अनुसार बैठकले गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको संयोजकत्वमा गाउँपालिका स्तरिय ५ सदस्यीय योजना तथा कार्यक्रम अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।
यसैगरी गाउँपालिकामा आयमुलक, प्रर्वद्धनात्मक, क्षमतामुलक, आय आर्जन कार्यक्रम सञ्चालनका लागी प्रस्ताव माग गर्ने, छाडा गाई व्यवस्थापनको लागी राप्तीसोनारी–२ स्थित शिव पञ्चायन मन्दिर राप्ती गौशालालाई ३५ हजार ६ सय ९० रुपैयाँ विनियोजन गर्ने, गाउँपालिकाको वडा नम्बर १ र ५ लाई पुर्ण खोप कार्यक्रम घोषणाको लागी ५०÷५० हजार रुपैयाँ विनियोजन गर्ने, गाउँपालिकाको मासिक ब’लेटिन प्रकाशित गर्ने निर्णय गरिएको प्रम’ख प्रशासकिय अधिकृत मल्लले जानकारी दिनुभयो ।