मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेस न.५ को ५ जिल्ला मध्य बर्दिया जिल्ला भ्रष्टाचारमा तेश्रो स्थानमा
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,माघ,७ । भ्रष्टाचारको उजुरिको हिसावले बर्दिया ५ जिल्ला मध्यमा तेश्रो स्थानमा रहेको छ । बाँके, बर्दिया, दाङ्ग, प्यूठान र रोल्पा जिल्ला मध्यमा बर्दियाबाट भ्रष्टाचार बिरुद्ध आएको उजुरिको आधारमा बर्दिया तेश्रो स्थानमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी गराएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको आयोजनामा आईतवार बर्दियाको गुलरियामा भ्रष्टाचार निवारण तथा शुसासन प्रवद्र्धनमा नागरिक समाज तथा मीडियाको भुमिका सम्वन्धी अन्तरक्रियामा उनले यो जानकारी गराएका हुन् ।
    कार्कीले आर्थिक बर्ष ०७४÷७५ पौष मसान्त सम्ममा बाँकेमा १सय ६५, दाङ्गमा १ सय ६, बर्दियामा, १ सय, रोल्पामा ३० र प्यूठानमा ५ भ्रष्टाचार सम्वन्धि उजुरि आयोगको कार्यालय कोहलपुरमा परेको जानकारी गराए । बर्दियामा सवैभन्दा धेरै शिक्षामा र वनमा भ्रष्टाचारको उजुरी परेको कार्कीले जानकारी गराएका छन् । बर्दियामा परेको १ सय उजुरि मध्य शिक्षामा २६ वनमा पनी २६ नै उजुरि परेको प्रहरी उपरिक्षक ईश्वर कार्कीले वताए । भ्रष्टाचार सम्वधि परेका उजुरि मध्य ५० प्रतीशत उजुरिको फच्र्यौट भइसकेको कार्कीले कार्यक्रममा जानकारी गराएका छन् । निर्वाचित जनप्रतिनिधीले जनताको काम काज भन्दापनि आफ्नो बिलासशिता लाई ध्यान दिने गरेको पाईएकाले स्थानीय तहमा अख्तियार दुरुपयोगले अनुसन्धानले उच्च निगरानी गर्नुपर्नै नागरिक समाज बर्दियाका संयोजक वालकृष्ण ओलीले वताएका छन् ।

  • ७ माघ २०७४, आईतवार २१:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित