मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कसरी वैज्ञानिकले पत्ता लगाए मृत्युको भविष्यवाणी गर्ने प्रविधि
  • मार्गरेखा संवाददाता

  • आफ्नो मृत्यु कहिले हुन्छ ? कसैलाई थाहा हुँदैन । मृत्युको ठ्याक्कै भविष्यवाणी गर्ने विधि दुनियामा अहिलेसम्म विकास भएको छैन । तर अमेरिकी वैज्ञानिकहरुले भने मृत्युको भविष्यवाणी गर्ने प्रविधिको विकास गरेका छन् ।

    क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो प्रविधिको विकास गरेको दाबी गरेका छन् जसले कुनैप्नि मानिसको मृत्यु कहिले हुन्छ ? भनेर ९० प्रतिशत सम्म सही भविष्यावाणी गर्न सकदछ ।

    शोधकर्ताहरुका अनुसार यस आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले कुनैपनि बिरामीको अन्तिम समयलाई पहिले भन्दै धेरै उत्तम बनाउन सकिनेछ ।

    मानिसको मृत्यु कहिले हुन्छ भन्ने थाहा नहुँदा कुनैपनि बिरामीले अन्तिम समयमा जुन प्रकारको जिवन जिउन चाहेको हुन्छ, त्यो पाउँदैन ।

    शोधकर्ताहरुका अनुसार ८० प्रतिशत अमेरिकीले आफ्नो जिवनको अन्तिम पल परिवारका साथमा घरमै बिताउन चाहन्छन् र घरमै मर्न चाहन्छन् । जबकी ६० प्रतिशत मानिसको मृत्यु अस्पतालमै भैरहेको हुन्छ ।

    स्टानफोर्ड विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका विद्यावारिधी शोधार्थी आनन्द अवतीका अनुसार स्टानफोर्ड अस्पताल तथा लुसिल प्याकार्ड बाल अस्पतालबाट झण्डै २० लाख बिरामीको स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरियो । जसमा बच्चा तथा पाका मानिसहरु सम्मै सामेल थिए । उक्त डाटाको माध्यमबाट डिप नेचुरल नेटवर्क तयार पारियो । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले कुन बिरामीको ३ देखि १२ महिना भित्रमा मृत्यु हुनेवाला छ भन्न अनुमान लगाइयो ।

    शोधकर्ताका अनुसार उनीहरुले यस्तो मोडेल बनाउन सफल भएका छन् जसको सहायताले कुनैपनि प्रकारबाट हुने मृत्युको कारण पत्ता लगाउन सकिन्छ । साथै मृत्यु हुनुअघि कुनैपनि बिरामीको स्याहार सुसार कसरी गर्न सकिन्छ भन्ने कुरा पनि बताउन सकिनछ । एजेन्सीको सहयोगमा 

     

  • ८ माघ २०७४, सोमबार ०७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित