मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सल्यानको भाटखोलामा बस दुर्घटना, चारको मृत्यु, २१ जना घाइते बस दुर्घटना फिचर सहित
  • मार्गरेखा संवाददाता

  • सल्यान माघ ८। सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् ।

    रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    मृत्यु हुनेमध्ये रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको मात्र सनाखत भएको छ ।

    अरू दुई जना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

    घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट डेढ सय मिटर तल बस खसेर दुर्घटना भएको हो ।

    बसमा कति जना सवार थिए भन्ने यकीन नभएको सल्यानका प्रहरी प्रमुख डीएसपी भरतबहादुर बिकले जानकारी दिए ।

    घाइतेहरूको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

  • ८ माघ २०७४, सोमबार २०:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित