मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुई दशकभन्दा लामो सम्बन्ध यस कारण जोगिएन : मनोज गजुरेल
  • मार्गरेखा संवाददाता

  • अन्नपुर्ण पोष्ट्बाट

    चर्चित हास्यव्यङ्ग्यकार मनोज गजुरेलले दुइृ दशकभन्दा लामो समयदेखिको वैवाहिक बन्धनबाट मीना ढकालसँग अलग भएको कुरालाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन । पारिवारिक सहमतिका आधामार कानुनी रुपमै छुट्टिने निर्णय भएको र छोरी आमाको छोरा बाबुको अभिभावकत्वमा रहनेगरी सम्पत्ति दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बाँडफाड भको समेत खुलासा गरेका छन् ।
    थप गजुरेलको फेसबुकबाट जस्ताको तस्तै

    श्रध्देय शुभेच्छुक महानुभावहरू,
    सबैमा हृदयदेखि नमन !
    मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी (मीना ढकाल र मनोज गजुरेल) बिगत दुई दशकभन्दा बढि समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं ।

    हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी¬)को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं ।

    एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।

    यो संवदनशिल घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।

    अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस्।अन्नपुर्ण पोष्ट्बाट

  • ९ माघ २०७४, मंगलवार ०६:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित