मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बुम रेमिट क्रिकेट प्रतियोगितामा सगरमाथा ज्ञानपुञ्ज बिजयी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ १० । कोहलपुरमा जारी बुम रेमिट जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न पहिलो खेलमा सगरमाथा ज्ञानपुञ्ज स्कुल बिजयी भएको छ । टस जितेर ब्याटिङमा उत्रिएको ज्ञानपुञ्जले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रन जोड्न सफल भएको थियो । ठुलो स्कोर खडा गर्ने क्रममा ज्ञानपुञ्जका खेलाडी गोपाल जिसीले ४१ तथा दिनेश पुरीले ३२ रन बनाएपनि अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।
    १ सय २७ रनको लक्ष्य पछ्याएको वागेश्वरी एकेडेमी (बि) ८६ रनमै समेटिएपछि नतिजा ज्ञानपुञ्जको पक्षमा गएको हो । वागेश्वरीका खेलाडीद्धय धिरेन्द्र बम र सन्दिप शाहीले उत्कृष्ठ पारी खेलेपनि नतिजा आप्mनो पक्षमा पार्न सकेनन् । धिरेन्द्रले २० बलको सामना गर्दै २५ रन जोडेका थिए भने १४ बल खेलेका सन्दिपले २१ जोड्न सफल भए । वागेश्वरीको ब्याटिङलाईन धरासायी बनाउने क्रममा ज्ञानपुञ्जका बलर गंगा शाहीले ३ विकेट लिएका थिए भने दिनेश पुरी र उमेश बुढाले समान २÷२ विकेट लिए ।
    खेलको म्यान अफ द म्याच ज्ञानपुञ्जका खेलाडी दिनेश पुरी घोषित भए ।

  • १० माघ २०७४, बुधबार १७:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित