मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एक इन्च नेपाली भूमि भारतलाई छोड्दिन प्रधानमन्त्री शेरबहादुर देउवा
  • मार्गरेखा संवाददाता

  •  

    माघ,११ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक इन्च नेपाली भूमि भारतलाई नछोड्ने बताएका छन् ।

    पर्साको छपकैयामा सीमा मिचिएको बारे ध्यानाककर्षण गराउन पुगेको विद्यार्थीहरुको टोलीहरुलाई प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् ।प्रधानमन्त्रीलाई उदृत गर्दै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने,’हामीले स्थलगत अवलोकोन पश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझायौं, प्रधानमन्त्रीले एक वाक्यमा ; म एक इन्च नेपाली भूमि भारतलाई छोड्दिन्न भन्नुभयो ।’

    आफूहरुले प्रतिवेदनमा दीर्घकालीन समस्या समाधानका लागि सिमानामा काँडेतार लगाउन सुझाव दिएको महासचिव अधिकारीले जानकारी दिए ।

    अखिल क्रान्तिकारी र अनेरास्ववियुका अध्यक्षद्वय रंजित तामाङ र नविना लामा नेतृत्वको संयुक्त टोली केही दिन अघि सीमा मिचिएको पर्साको छपकैयामा पुगेर प्रतिवेदन तयार पारेको थियो ।

    उनीहरुले बुधबार सीमा विद्हरुसँग पनि छलफल गरेका थिए । स्थलगत अवलोकन र छलफललाई आधार बनाएर तयार पारिएको प्रतिवेदन उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीदेउवालाई बुझाएका हुन् ।

  • ११ माघ २०७४, बिहीबार १४:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित