मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको फत्तेपुरका २ सय ८० जना जेष्ठ नागरिकलाई कम्बल वितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, माघ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित फत्तेपुरका जेष्ठ नागरिकलाई बिहीबार कम्बल वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ स्थित वडा कार्यालयको आयोजनामा ७० वर्ष उमेर पुगेका २ सय ८० जना जेष्ठ नागरिकलाई एक कार्यक्रमका बीच कम्बल वितरण गरिएको हो । उक्त कार्यक्रममा २ सय ३५ जना जेष्ठ नागरिक सहभागी भएर कम्बल प्राप्त गरेका थिए । कार्यक्रममा नआएका जेष्ठ नागरिकलाई घरमै पु¥याउने व्यवस्था मिलाईनेछ ।
    वडा अध्यक्ष रामलखन थारुको अध्यक्षता, प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यता एवम्, गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित भएका जेष्ठ नागरिकहरु कम्बल पाउँदा निकै खुसी भएका थिए ।
    वर्तमान सरकारले हालै मात्र ६५ वर्ष उमेर पुगेकालाई पनि बृद्धभत्ता दिने निर्णय गरेकोप्रति उपस्थित जेष्ठ नागरिकहरुले उक्त निर्णयको स्वागत गरेका छन् । सो अवसरमा बोल्ने अतिथीले पनि वर्तमान सरकारले जेष्ठ नागरिकको सम्मानमा ६५ वर्षमै बृद्धभत्ता दिने निर्णय गरेकोमा खुलेरै प्रशंसा गर्नुभयो । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडा कार्यालयले २ लाख रुपैयाँ छुट्याएको र सोही बजेटबाट कम्बल वितरण गरिएको वडाअध्यक्ष रामलखनले बताउनु भयो ।

     

  • १२ माघ २०७४, शुक्रबार ०६:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित